माछा मार्न गएका माझीको गोहीको आक्रमणबाट मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

523
SHARES
717
VIEWS

२० असार, चितवन । चितवनमा रातको समयमा खोलामा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–८ का २६/२७ वर्षीय अभिषेक माझी छन् ।

अभिषेक र सोही ठाउँका ४०/४५ वर्षीय राजकुमार माझी चितवनको सौराहा नजिक चित्रसारी बुढीराप्ती खोलामा बिहीबार राति माछा मार्न गएका थिए । माछा मार्दै गर्दा अभिषेकलाई गोहीले तानेर खोलामा लगेको थियो ।

राति १ बजेर २० मिनेटतिर घटना भएको स्थानभन्दा २०० मिटर उत्तरतर्फ अभिषेकको शव फेला परेको चितवन प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित