कमला नहरमा रोपाइँका लागि पानी प्रवाह

Picture of हरियो पाटी

हरियो पाटी

538
SHARES
737
VIEWS
सिरहा — धान रोपाइँलाई मध्यनजर गर्दै धनुषा र सिरहामा पर्ने कमला सिँचाइ प्रणालीअन्तर्गतका नहरमा सोमबारदेखि विधिवत् रूपमा पानी प्रवाह सुरु गरिएको छ । गत चैतदेखि कमला नदीमा जलप्रवाह कम भएपछि बन्द गरिएका नहर पुनः सञ्चालनमा आएका हुन् ।
रोपाइँको मुख्य समयमा किसानलाई सहज सिँचाइ सुविधा उपलब्ध गराउन समयमै नहर सञ्चालनमा ल्याइएको कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा, धनुषाका कार्यालय प्रमुख वीरेन्द्र यादवले बताए ।

‘धान रोपाइँको मुख्य समयलाई ध्यानमा राख्दै नहर प्रणाली पुनः सञ्चालनमा ल्याइएको हो, गत चैत यता कमला नदीमा जलप्रवाह कम भएकाले अस्थायी रूपमा नहर बन्द गरिएको थियो, अहिले नदीमा आवश्यक मात्रामा पानी उपलब्ध भएपछि विधिवत् रूपमा पानी प्रवाह सुरु गरिएको छ,’ उनले भने, ‘नहरमा पर्याप्त पानी प्रवाहसँगै किसानले समयमै सिँचाइ पाउनेछन् भन्ने अपेक्षा गरेका छौँ ।’

सिँचाइ व्यवस्थापन कार्यालय प्रमुख यादवका अनुसार पहिलेका वर्षमा साउन १ गतेदेखि मात्रै नहर सञ्चालन गरिने परिपाटीलाई तोडेर विगत तीन वर्षदेखि असार पहिलो हप्ताबाटै नहरमा पानी प्रवाह गर्न थालिएको हो । असारबाट सञ्चालन हुने नहर कात्तिकसम्म चालु रहन्छ । त्यसपछि छठ पर्व विशेष सञ्चालन गरिने प्रमुख यादवले जानकारी दिए

पच्चीस हजार हेक्टरमा सिँचाइ सुविध
कमला सिँचाइ प्रणाली मधेश प्रदेशकै प्रमुख सिँचाइ योजनामध्ये एक हो । त्यसले धनुषा र सिरहामा गरी २५ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याइरहेको छ । यो आयोजना मार्फत करिब ४० हजार घरपरिवार लाभान्वित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित