सिरहामा सडक दुर्घटना तीन जनाको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

571
SHARES
782
VIEWS

सिरहा, ६ असार। सिरहाकाे पूर्व-पश्चिम हुलाकी राजमार्ग अन्तर्गत सिरहामा भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। सिरहा नगरपालिका १८ सनहैठातर्फबाट पश्चिम गईरहेको प्र.२–०१–००३ प ३२३०  नम्वरको मोटरसाइकलले विरित दिशाबाट आईरहेको साइकललाई ठक्कर दिंदा मोरसाइकल र साइकलमा सवार तीनैजनाको ज्यान गएको हो।दुर्घटनामा मोटरसाइकल चालक कल्याणपुर १२ का २९ वर्षिय नरेश मुखिया, मोटरसाइकल पछाडी वसेका सुखिपुर नगरपालिका ८ घर भई कल्याणपुर २ बस्दै आएका प्रदिप मुखिया र  साइकलमा सवार सिरहा नपा १८ का ६५ वर्षिय कुशे भन्ने कुशेश्वर रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले जानकारी दिए।

दुर्घटनामा परी सख्त घाइते कुशेश्वरको उपचारको क्रममा प्रदेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाए।

अत्यतिक गतिका कारण दुर्घटना भएको भनिएपनि प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ।

शव पोष्ट मार्टमको लागि प्रदेशिक अस्पताल सिरहामा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित