सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर-४ स्थित रहेको पशुपति ट्रेडर्समा क्युआरमार्फत अन्लाईन पेमेन्ट गर्न खोज्दा ग्राहकमाथि हातपात भएको छ।
गोलबजार नगरपालिका वडा नम्बर-४ निवासी पशुपति ट्रेडर्सका संचालक अरुण कुमार महतोले पेट्रोल पम्पमा गाडीको ट्याङ्कीमा इन्धन हालिसकेपछि डिजिटल पेमेन्टका लागि क्युआर माग्दा सञ्चालक अनिल साहले दुर्व्यवहार गर्दै हातपात गरेको बताएका छन्।संचालक साह गोलबजार खानेपानीका निर्वाचित उपा-अध्यक्ष समेत हुन ।
बिष्णुपुर जाँदै गरेका महतो गाडीमा इन्धन सकिएकाले पशुपति ट्रेडर्स पेट्रोलमा पम्प पुगेका थिए। उनले गाडीमा १ हजार रुपैयाँको इन्धन हाल्न अनुरोध गरे। इन्धन हालिसकेपछि भुक्तानीका लागि क्युआर माग्दा प्रारम्भमा क्युआर छैन, भनिएको र पछि भित्र छ,भन्दै पेमेन्ट गर्न लगाइएको बताए।
महतोले भने,मैले क्युआर अगाडि नै राख्दा सजिलो हुन्छ भनेको मात्र थिएँ ।त्यति भनिसकेपछि सञ्चालक अनिल साह आएर ‘के बोलिस?’ भन्दै मेरो कालर समाते र हातपात गरे।
महतोका अनुसार, साहले गाली गर्दै भनेका थिए, त जस्तो मान्छेलाई फ्युल दिंदिन। पाँच सयभन्दा बढीको फ्युल लिनेहरूलाई मात्र क्युआर दिन्छु। तेरो गाडीको ढकन खोलेर चाकरी गर्ने ब्यक्ती म होइन।
दैनिक उपभोक्ताले सहज सेवा पाउने उद्देश्यले सरकारले डिजिटल पेमेन्टलाई प्रवर्द्धन गरिरहेको अवस्थामा उपभोक्तासँग यस्ता अमर्यादित व्यवहार हुनु गम्भीर विषय भएको महतोको भनाइ छ ।
उनले घटनाप्रति असन्तुष्टि जनाउँदै कानुनी उपचारको बाटो खोज्ने बताएका छन्। म अहिले उजुरी दिने तयारीमा छु, छलफल मार्फत टुङ्गयाउन दवाव आउदै छ,बुधवार छलफलको समय तोक्यो,छलफलमा मार्फत निष्क्रस निसकिएन भने, प्रहरीमा जाहेरी दिने महतोले बताए।
यता,पशुपति पेट्रोल पम्पका संचालक अनिल साहसंग सम्पर्क गर्दा फोनमा के भनु ,भेटेरै कुरा गरौला भन्ने प्रतिक्रिया दिए ।यता संचालक साहले आफुले हातपात नगरेको दाबी गरेका छन ।
पशुपति पेट्रोल पम्पको यो पहिलो घटना होइन,कहिले इनधन्को मूल्य कम हुदा पनि ग्राहकलाई पुरानै मुल्यमा इन्धन दिने,कहिले इन्धन कम दिने गरेका घटनाहरु सर्वजानिक हुँदै आएका छ्न ।


















Discussion about this post