फेसबुकमा अलबिदा लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ सकुशल फेला परेका छन्।उनलाई प्रहरीले बालाजुमा रहेको एक रिसोर्टमा फेला पारेर उद्धार गरेको हो। उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिँदैछ।
काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार उनी बिहान काठमाडौंको चाबहिलमा रहेको ससुराली घरबाट निस्किएका थिए। त्यहाँबाट निस्किनुअघि उनले विदेशमा रहेका भाइलाई सम्पर्क गरेको पनि एसपी बोहराले बताए।
त्यहाँबाट निस्किँदा फेसबुक स्टाटस हालेपछि उनको सोधीखोजी हुन थालेको हो।फेसबुकमा उनको स्टाटसबारे थाहा पाएपछि प्रहरीको विभिन्न युनिट परिचालन भएको थियो।
उनको फोनमा कल गर्दा ‘मोबाइल अफ’ देखाएको थियो।तर पनि प्रहरीले विभिन्न माध्यमबाट उनको खोजी गरिरहेको एसपी अपिलराज बोहराले बताए।
‘हामीले प्राविधिक, आफन्तसँग कुराकानी लगायत विभिन्न तरिका अपनायौं,’ उनले भने, ‘आफन्तसँग निरन्तर कुराकानी भइरहँदा खोज्न सजिलो भएको हो।’


















Discussion about this post