श्रीमतीलाई बलात्कार गरेको कसुरमा श्रीमानलाई ६ महिना कैद, १ लाख क्षतिपूर्ति

Picture of हरियो पाटी

हरियो पाटी

552
SHARES
756
VIEWS

जनकपुर— धनुषा जिल्लामा एक श्रीमान वैवाहिक बलात्कार (जबरजस्ती करणी) को अभियोगमा दोषी ठहर भएका छन्।

धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलाशले श्रीमानलाई दोषी ठहर गर्दै ६ महिनाको कैद सजाय र १ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने आदेश दिएको हो।

यसअघि जेठ १३ गते अदालतले श्रीमानलाई दोषी ठहर गर्ने निर्णय सुनाएको थियो। सजाय निर्धारणका लागि अदालतले जेठ २९ गतेको पेशीमा सजायपूर्व प्रतिवेदन पेश गर्न आदेश दिएको थियो। सोही क्रममा गत शुक्रबार भएको अन्तिम पेशीमा दोषीलाई सजाय सुनाइएको हो।

श्रीमतीले २०७९ साल चैत २१ गते श्रीमानविरुद्ध धनुषा जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी थिइन्। मुद्दा दायर भएको करिब चार महिनापछि, २०८० साल साउन २१ गते पहिलो पटक अदालतमा पेशी चढेको थियो। पहिलो पेशीमा अदालतले आरोपीलाई धरौटीमा राख्ने आदेश दिएको थियो।

यस मुद्दामा कुल ३६ वटा पेशी भएको थियो। अन्ततः शुक्रबार अदालतले अन्तिम फैसला सुनाउँदै श्रीमानलाई दोषी ठहर गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित