गोलबजारमा दीप प्रज्वलन गरी गणतन्त्र दिवसको पूर्वसन्ध्या मनाइयो

हरियो पाटी

हरियो पाटी

544
SHARES
745
VIEWS

सिरहा, १४ जेठ – १७औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सिरहाको गोलबजार नगरपालिका कार्यालय परिसरमा मंगलबार साँझ दीप प्रज्वलन गरेको छ।

नगरपालिकाका कर्मचारी तथा नगर प्रहरीको संयुक्त सहभागितामा भएको दीप प्रज्वलन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि देशको राष्ट्रिय झन्डा अगाडि सयौं दियो बालिएको थियो। दीप प्रज्वलनबाट गणतन्त्र स्थापनाप्रतिको सम्मान तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको थियो।

कार्यक्रममा जिन्सी शाखाका प्रमुखले सम्बोधन गर्दै गणतन्त्र नेपाली जनताको ठूलो र ऐतिहासिक उपलब्धि भएको बताए। “यसलाई संस्थागत गर्न सबै तहको सहकार्य र योगदान जरुरी छ,” उनले भने।

कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलनले नागरिकको गणतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता र राष्ट्रिय एकताको भावना उजागर गरेको बताएका छन्।

गणतन्त्र दिवसका अवसरमा विभिन्न चेतनामूलक कार्यक्रमहरू नगरपालिकाले चरणबद्ध रूपमा सञ्चालन गर्ने सहेन्द्र यादवले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित