भुमिजा हस्पिटलको १५ औं स्थापना दिवसमा रक्तदान तथा निःशुल्क स्वास्थ्य सेवा

Picture of हरियो पाटी

हरियो पाटी

552
SHARES
756
VIEWS

गोलबजार, सिरहा – सिरहाकाे गोलबजार स्थित रहेको भुमिजा हस्पिटलले आफ्नो १५ औ स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ४४ जना पुरुष र ७जनामहिला सहित ५१ जनाले रक्तदान गरेको हस्पिटलले जनाएको छ ।

रक्तदान रेड क्रस सोसाइटी लाहनको प्राबिधिक सहयोगमा सम्पन्न भएको भुमिजा हस्पिटल संचालन समितिको सदस्य समेत रहेलो निरज सिहले जनाएकाे छ। हस्पिटल प्रशासनका अनुसार कार्यक्रमको उद्देश्य समुदायमा स्वास्थप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै रक्त आपूर्तिमा सहयोग पु¥याउनु रहेको संचालकले जनाएको छ।

स्थापना दिवसको अवसरमा हस्पिटलले विभिन्न रोगहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण सेवाहरू समेत सञ्चालन गरेको थियो। सर्वसाधारणका लागि गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा दुईसय जना सेवाग्राहीहरूले लाभ लिएको हस्पिटलले जनाएको छ।

कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति सकारात्मक सन्देश पुर्‍याएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तरता दिइने हस्पिटलले प्रतिबद्धता जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित