सिरहा,सिरहाकाे गोलबजार प्रहरीले सिरहा नगरपालिकाका वडा अध्यक्ष हरुले प्रयोग गर्ने दुई थान सरकारी नम्वर प्लेटका मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको केही वेरमै छोडेको छ। सिरहा नगरपालिका ४ र ५ का वडा अध्यक्षले प्रयोग गर्ने स. १ ब ९२४ र स. १ ब ९२५ नम्वरको सरकारी नम्वर प्लेठको दुई थान मोटरसाइकल गोलबजार नगरपालिका ४ नव दुर्गा पेट्रोल पम्प नजिक रहेको यौनधन्दा संचालन गर्दै आएका एक मदिरा पसल अगाडीबाट नियन्त्रणमा लिएको हो ।
लामो समय सम्म मोटरसाइकल बेवारीसे अवस्थामा रहेको भन्ने सूचनाको आधारमा पुगेका प्रहरीले सोध खोजगर्दा एक वडा अध्यक्षले प्रहरीसँगै निहुखोज्न थालेपछि उनलाई समेत नियन्त्रणमा लिई प्रहरी भ्यानमा हालेर लगेको एक प्रत्यक्ष दर्शीले जनाए। प्रहरीले पनि प्रहरीसँग झगडा गर्नलागेकाले उनलाई कार्यालयमा ल्याएर सम्झाई बुझाई गरी छोडेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर गोविन्दप्रसाद साहले जानकारी दिए।
पक्राउ परेका सिरहा नगरपालिका ५ का वडा अध्यक्ष जागेश्वर यादव रहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। उनीसँगै रहेका वडा नम्वर ४ का वडा अध्यक्ष मोहमद शमशाद भने प्रहरीलाई देखेपछि भगेका छन । पक्राउ परेका वडा अध्यक्ष यादवलालाइ राजनितिक दवावमा केहीसमय पछि दुवै मोटरसाइकल सहित छोडीएको थियो। मदिराले मातेका वडा अध्यक्ष आफैले मोटरसाइकल चलाउने अवस्था नरहेकाले उनका आफन्तलाई मोटरसाइकल जिम्मा दिएको प्रहरीको भनाई छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अनन्तराम शर्माले भने,गाडी नियन्त्रणमा लिएको बताए । वडा अध्यक्ष यादवले होटेल संचालक लाई फोनगरी केटि मिलाउन आग्रहगरेका थिए ।
होटेल संचालकका अनुसार वडा अध्यक्ष यादवले अरु ठाउँबाट अत्याधिनिक मदिरा सेवन गरि मातेर आएको बताए । प्रहरी होटलमा आउदै छ, सूचना पाएपछि हाेटेल संचालकले केटिहरुलाइ अन्यत्र लुकाएका थिए ।
उक्त पसलमा मदिरा बेचविखनसँगै अवैध यौनधन्दा हुनेगरेको स्थानीय सुरेन्द्र यादबले बताए । यौनधन्दा गर्न इटहरि धरान र भारतिय यौन कर्मीहरु उक्त होटेलमा यौनधन्दा धन्दा गर्न आउने गरेका छन । समाचार नलेखन सिरहा नगरपालिकाका नगर प्रमुख डा.नवीन कुमार यादब वडा अध्यक्ष र विभिन्न नेताहरुले आग्रह गर्दै आएका छन ।
Discussion about this post