गोलबजार-६ मा वडा कार्यालय भवनको सिलान्यास,अब छिट्टै आफ्नै भवनबाट सेवा दिने तयारी

हरियो पाटी

हरियो पाटी

566
SHARES
776
VIEWS

बैसाख २९ सिरहा सिरहा  गोलबजार नगरपालिका वडा नं. ६ मा नवनिर्माण हुने वडा कार्यालय भवनको सिलान्यास कार्यक्रम सोमबार सम्पन्न भएको छ।

गोलबजार नगरपालिकाका नगरप्रमुख श्री श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष सन्जित कुमार लामा, वडा सदस्यज्यूहरू स्थानीय बासिन्दा, समाजसेवी, युवा नेता तथा विभिन्न राजनीतिक दलका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नगरप्रमुख श्रेष्ठले उक्त भवन निर्माणमा अहिले २५ लाखको लागतमा उपभोक्ता मार्फत कामसंचालन गर्ने र बिस्तारै रकम थपगरी डिजाइन अनुसार करिब एक करोड ७५ लाख रुपैयाँको लागतमा निर्माण हुने जानकारी दिदै भवन सम्पन्न भएपछि स्थानीय जनतालाई सहज र प्रभावकारी सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो।उहाँले नगरपालिकाले विकास निर्माणमा प्राथमिकता दिएको स्पष्ट पार्नुभयो।

वडाअध्यक्ष लामा भने लामो समयदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको वडा कार्यालय अब छिट्टै आफ्नै भवनबाट सेवा दिने तयारीमा रहेको बताउनुभयो। उहाँले भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न जनप्रतिनिधि र स्थानीय बासिन्दाको साथ-सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।

सिलान्यास कार्यक्रममा सहभागी स्थानीयहरूले भवन निर्माणप्रति खुशी व्यक्त गर्दै यसले वडा विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित