अघिल्लो ३६ घण्टासम्ममा भारतले सैन्य कारबाही गर्ने पाकिस्तानी मन्त्रीको दाबी

Picture of हरियो पाटी

हरियो पाटी

523
SHARES
716
VIEWS

इस्लामावाद —आगामी २४ देखि ३६ घण्टामा भारतले सैन्य कारबाही गर्नसक्ने पाकिस्तानले दाबी गरेको छ ।

पाकिस्तानका सूचना एवं प्रशारणमन्त्री अताउल्लाह तरारले पाकिस्तानी खुफिया एजेन्सीले यस्तो जानकारी दिएको बताएका छन् ।

उनले आज बिहान पौने ३ बजेतिर एक भिडियो एक्समा पोष्ट गरेका छन् । भिडियोमा उनी भन्छन्, ‘पाकिस्तानसँग एक विश्वसनिय खुफिया एजेन्सी छ । उसका अनुसार पहलगाम घटनामा निराधार र भ्रामक आरोपको बहानामा अघिल्लो २४ देखि ३६ घण्टामा पाकिस्तानविरुद्ध सैन्य कारबाही गर्ने मनशाय देखिन्छ ।

पाकिस्तान आफैं पनि आतंकवादको शिकार भइरहेको र यो संकटको पीडालाई पाकिस्तानले सही तरिकाले बुझ्ने उनको भनाइ छ । उनले भने, ‘हामीले विश्वका सबै प्रकारणका आतंकवादी रुप र अभिव्यक्तिको सधैं आलोचना गरेका छौं ।

तरारले पाकिस्तान भारतका तर्फबाट गरिने कुनै पनि प्रकारको सैन्य कारबाहीलाई निश्चित र निर्णायक जवाफ दिन तयार रहेको चेतावनीसमेत दिएका छन् । २२ अप्रिलमा जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २७ जनाको हत्या भएको थियो । त्यसयता भारत–पाकिस्तानबीच तनाव बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित