सर्लाही, मलङ्बा – मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहको प्रमुख आतिथ्यतामा सर्लाही मलङ्बा वडानं. ९ मा निर्माण हुने सर्लाही आँखा केन्द्रको शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
स्वास्थ्य सेवा प्रवाहलाई जनस्तरसम्म पुर्याउने उद्देश्यले निर्माण हुन लागिएको यस केन्द्रले आगामी दिनमा मधेश प्रदेशका नागरिकलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
कार्यक्रममा मन्त्री सिंहले आँखा केन्द्रको स्थापना मधेश प्रदेशका लागि महत्वपूर्ण उपलब्धि हुने बताउँदै राज्यले जनस्वास्थ्यलाई उच्च प्राथमिकता दिइरहेको उल्लेख गर्नुभयो। “स्वास्थ्य क्षेत्रको विकास बिना समृद्ध समाजको परिकल्पना गर्न सकिन्न,” उहाँले भन्नुभयो।
शिलान्यास कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। स्थानीय समुदायले आँखा केन्द्र स्थापनाबाट ठूलो राहत र स्वास्थ्य सेवा प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रम समापनसँगै निर्माण प्रक्रिया चाँडै अघि बढाइने आयोजकले जनाएका छन्।


















Discussion about this post