सिरहामा सवारी दुर्घटनामा एक युवाको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

576
SHARES
789
VIEWS

बैशाख ११ सिरहा
सिरहा, सिरहाको लहान नगरपालिका-१९ स्थित कटहाकाे भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक युवाको मृत्यु भएको छ। घटनामा लहान नगरपालिका-२ निवासी २१ वर्षीय मोहमद हैदर मियाको ज्यान गएको हो।

प्रत्यक्षदर्शीका अनुसार, सडक छेउमा रोकिराखिएको मधेस प्रदेश ०१-००१ स.२१४० नम्बरको ट्र्याक्टरमा सिटी सफारी ठोक्किँदा मोहमद हैदर गम्भीर घाइते भएका थिए।

उनलाई लहान स्थित प्रादेशिक अस्पताल लगिएको थियो तर उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपि तथा सूचना अधिकारी बिरेन्द्र पासवानले जानकारी दिए।

मृतकका काका आलम मियाका अनुसार मोहमद हैदरको  शवलाई पोस्टमार्टमका लागि लहान प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित