सिराहाको धनगढीमाई नगरपालिका र काठमाडौंस्थित तिलगंगा आँखा प्रतिष्ठानको साझेदारीमा नगरको विभिन्न वडामा सञ्चालित निःशुल्क आँखा जाँच शिविरबाट १५ सयजना लाभान्वित भएका छन् ।
प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मीहरूको टोलीले गत २९ चैतदेखि धनगढीमाई १, २, ३, ५, ६, ७, ८, १२, १३ र १४ नम्वर वडामा शनिबार अपराह्नसम्म सञ्चालित स्क्रिनिङ शिविरमा एक हजार चार सय २३ जनाको आँखाको जाँच गरिएको छ। शिविरमा आँखा जाँच गराएकामध्ये तीन सय ७२ जनामा मोतीविन्दु भेटिएको तिलगंगा आँखा प्रतिष्ठानबाट शिविरमा खटिएका नेत्र सहायक गजेन्द्रकुमार महतोले जानकारी दिए। उनका अनुसार प्रतिष्ठानबाट आँखा चिकित्सकहरू डा. बन्दना खनाल, डा. दीक्षा विष्ट, डा. विष्णुहरि मरहठ्ठासहित स्वास्थ्यकर्मी र व्यवस्थापनका गरी १८ जनाको टोली खटिएको छ।
धनगढीमाई स्वास्थ्य शाखा प्रमुख विशेश्वरप्रसाद यादवका अनुसार ७ र ८ वैसाखमा धनगढीमाई नगरपालिकाको कार्यालयमा ४ र १० नम्वर वडासहित अन्य वडामा छुटेका आँखाका बिरामीहरूको जाँच गरिने छ । स्क्रिनिङ शिविरमा पहिचान गरिएका मोतीविन्दुका बिरामीको नगरपालिकामा ७, ८ र ९ वैशाखमा निःशुल्क शल्यक्रिया गर्ने तयारी गरिएको उनले बताए ।
फागुन ०७९ मा पनि प्रतिष्ठानले नगरपालिकासँगका सहकार्यमा नगर क्षेत्रमा करिव एक साता आँखा जाँच शिविर सञ्चालन गरी पाँच सय ३२ जना मोतीविन्दुका बिरामीको शल्यक्रिया गरेको थियो । nayapatrika


















Discussion about this post