सिरहामा भेटेरिनरी प्रमाणपत्रको दुरुपयोग 

Picture of हरियो पाटी

हरियो पाटी

712
SHARES
976
VIEWS

सिरहा, – सिरहाको गोलबजार सहित जिल्लाको वभिन्न  ठाउँमा अनधिकृत रूपमा पशु निरोगिता प्रमाणपत्र भेटेरिनरी दुरुपयोग भइरहेको पाइएको छ । सप्तरीको राजबिराज नगरपालिका घर रहेका हाल गोलबजारमा डेरा लिएर बस्दै आएका ओम सागर साहले सिरहाकाे विभिन्न ठाउँमा भेटेरिनरी प्रमाणपत्रको दुरुपयोग गरी अनधिकृत रूपमा बिक्री वितरण गरेको पाईएको छ। स्थानीयवासी,पशु अधिकारकर्मी, र भेटेरिनरी समुदायले यो कार्यलाई गम्भीर अपराधका रूपमा लिँदै कानूनी छानबिन र कडा कारबाहीको माग गरेका छन्।

साहले नेपाल भेटेरिनरी काउन्सिल नमबर १५६४ दर्ता रहेको भेटेरिनरी प्रमाणपत्र बिना कुनै कानूनी अधार विभिन्न चिया पसलदेखि पान पसलसम्म वितरण गरेको पाइएको छ। स्थानीय स्रोतका अनुसार, उनले यी प्रमाणपत्रहरू जारी गर्ने क्रममा पसलेहरूबाट रकम असुल्ने गरेका छन्। नेपालका भेटेरिनरी कानूनअनुसार योग्य र प्रमाणित पशु चिकित्सकले यस्तो प्रमाणपत्र जारी गर्ने कानुनी प्राबधान छ ।

“भेटेरिनरी प्रमाणपत्र केवल योग्य र प्रशिक्षित पशु चिकित्सकद्वारा जारी गर्नुपर्ने हो। तर, यसरी अनधिकृत रूपमा प्रमाणपत्र बाँड्नु गैरकानुनी मात्र होइन, जनस्वास्थ्यका लागि खतरनाक पनि हो,” एक स्थानीय पशु चिकित्सकले बताए अनुसार  । गैरकानुनी रूपमा भेटेरिनरी प्रमाणपत्रले पशुमा भएकाे संक्रमित वा उचित परीक्षण नगरिएका पशुजन्य उत्पादनहरू (दूध, मासु आदि) मानिसमा सरुवा रोग फैलाउने कारक बन्न सकिने बताए ।

योग्य चिकित्सकहरूलाई प्रतिस्थापन गरेर अवैध रूपमा प्रमाणपत्र वितरण गर्नु पेशागत नैतिकताको उल्लङ्घन गरेको हो। स्थानीय पशु चिकित्सकहरू र व्यवसायिक संघहरूले समग्र भेटेरिनरी सेवा प्रणालीमाथि प्रश्न उठाएको बताएका छन्।

“यसरी गैरकानुनी रूपमा प्रमाणपत्र बाँडेर पैसा असुल्नेलाई रोक्नुपर्छ। यो केवल व्यवसाय मात्र होइन, मानिस र पशुहरूको स्वास्थ्यसँग सम्बन्धित विषय हो,” एक स्थानीय नागरिकले बताए। पशु अधिकारकर्मीहरू र भेटेरिनरी समुदायले साहमाथि निष्पक्ष छानबिन गरी कानूनी कारबाही हुनुपर्ने बताएका छन ।

भेटेरिनरी कानुनले के भन्छ ?

नेपालको भेटेरिनरी परिषद ऐन, २०५५ अनुसार, भेटेरिनरी प्रमाणपत्र दिने अधिकार मात्र दर्ता भएका भेटेरिनरी चिकित्सकहरूलाई हुन्छ। गैरकानुनी रूपमा भेटेरिनरी सेवा दिने वा गलत प्रमाणपत्र वितरण गर्ने व्यक्तिलाई कडा कारबाहीको व्यवस्था छ। यदि दोषी ठहर भए, उनलाई भेटेरिनरी ऐन अन्तर्गत कारबाही, जरिवाना, वा कैद सजाय हुने कानुनी प्राबधान छ।

गाई वा गोरु वध गर्ने उद्देश्यले ओसारपसार गर्दा भेटेनरी (पशु चिकित्सक) प्रमाणपत्र दिनु गैरकानुनी मानीएको छ। तर ओम सागर साहकाे भेटेनरी प्रमाणपत्र गाई गोरु तस्करी र गाई गोरु वध गर्ने प्रयोजनमा समेत भेटेनरी प्रमाणपत्र प्रयोग गरेको पाइएको छ ।
नेपालमा गाई वध निवारणसम्बन्धी ऐन, २०१८ र पशु सेवा ऐन, २०५५ ले गाई तथा गोरुको वधलाई निषेध गरेको छ, र सोही उद्देश्यले हुने ओसारपसारलाई पनि गैरकानुनी मानेको छ।
तर, यदि वध गर्ने उद्देश्य पुष्टि भयो भने भेटेनरी डाक्टरले प्रमाणपत्र दिन पाउँदैनन्। त्यस्तो गरेमा जरिवाना र जेल सजाय समेत हुने कानुनी बेवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित