सल्हेस फुलबारीमा मेलाहेर्न नेपाल र भारतीय भक्तजनहरुको भिड

हरियो पाटी

हरियो पाटी

550
SHARES
753
VIEWS

सिरहा, १ बैसाख ः सिरहा जिल्ला स्थित ऐतिहासिक स्थल राजा सल्हेसको मन्दिरमा बैसाख १ र २ गते लाग्ने मेलामा नेपालका विभिन्न जिल्ला र भारतीय हजारौं दर्शालु भक्तजनहरुको भिड लागेको छ ।
सिरहाको लहान नगारपाली १२ र २२ मा पर्ने सल्हेस पूmलबारीमा को मन्दिरमा लहान १८ गोविन्दपुरस्थित मानिक दह, पतारीस्थित पताइर पोखरी र सिरहा नगरपालिका स्थित राजा सल्हेसको मन्दिरमा भक्तजनहरुको उल्लेख्य भिड लाग्ने छ । पकडियागढ, मानिकदह, सल्हेस पूmलबारीमा बैसाख १ गते र पताइर पोखरी र सल्हेस मन्दिरमा बैसाख २ गते तराइमा मनाइने जुडसितल पर्वका दिन मेला लाग्छ ।

दलित जातिमध्ये एक मात्र राजा भएका सल्हेसको इतिहास झल्किने सिरहाका विभिन्न ऐतिहासिक स्थलहरुमा परापूर्वकलादेखि राजा सल्हेसको सम्झनामा पूजा गर्न भक्तजनहरु आउने गरेको स्थानीय बृद्धहरुको भनाइछ ।
यी प्रत्येक ऐतिहासिक तथा धार्मिक स्थलमा भएको राजा सल्हेसको मन्दिरमा दलित जातका मानिने राजा सल्हेसका सन्तती दुसाध (पासवान) जाती नै मन्दिरका पूजारी हुने भएकोले आजको दिन उप्पलो जातका मानिसहरु पनि उनीहरुको हातबाट प्रसाद ग्रहन गर्नु यस मेलाको प्रमुख बिशेषता रहेको छ । मेला हेर्न आएका जुनसुकै जातका ब्यक्तिहरु छुवाछुतको भावना बिर्सेर श्रद्धा पूर्वक प्रसाद ग्रहन गरे पनि अन्य दिन भने पासवान जातीको शरीरमा छोएपछिउप्पलो जातका ब्यक्तिहरु नुहाएपछि मात्र अन्न ग्रहन तथा आ आप्mना घरमा प्रवेश गर्ने परम्परा छ ।

राजा सल्हेसले आपूm भन्दा उप्पलो जातका केटी तत्कालिन मोरंगका राजा हिनपैत मालीकी छोरी दानाबती मालीसंग विवाह गर्न पटक पटक अस्विकार गरेपछि दानाबतीले राजा सल्हेसको सम्झनामा बीना पानीकै लगाएको बगैचा अहिले सल्हेस पूmलबारीको नामबाट प्रचलित रहेको किंबदन्ती छ । सो बगैचामा रहेको हारमको रुखमा प्रत्येक बर्ष बैसाख १ गते पूmलको माला नै पूmल छन् । उक्त पूmल नै सल्हेस पूmलबारी मेलाको प्रमुख आकर्षण बनेको हुन्छ । अन्ततोगत्वा राजा सल्हेसले दानाबतीसंग विवाह गरेपछि तराईमा अन्तरजातीय विवाह शुरु भएको किंबदन्ती रहेको छ ।

 

राजा सल्हेसले आपूm भन्दा गरीब र मुस्हर जातका दिनाराम र भद्रीसंग मित्रता गरेदेखि विपन्नसंग मित्रता गर्नेसमेत परम्परा बसेको किंबदन्ति रहेको छ । यस्तै, पकरियागढका राजा कुल्हेस्वर सिंहकी छोरी चन्द्राबतीले पनि राजा सल्हेससंग विवाह गर्न जालझेल रचेर आप्mनो बुवामा नौकर भई काम गर्न राजा सल्हेसलाई बाध्य बनाएको र सोही क्रममा चोहरमल नाम गरेका चोरले गंगा नदीदेखि नै सुरु¨ खन्दै राजा कुल्हेस्वर सिंहको घरमा चोरी गरेको किंबदन्ती रहेको छ । चोहरमलले खनेको सुरु¨को भग्नावशेष हालसम्म रहेकोले पकरियागढ मेलाको सो शुरु¨ प्रमुख आकर्षण बनेको हुन्छ ।

यस्तै, मानिकदहमा राजा सल्हेसले स्नान गर्ने गरेको अहिले सो दहमा स्नान गरेपछि जिउमा लागेको छाला सम्बन्धी रोग निको हुने जनविस्वास रहेको छ ।
यस्तै, पताइर पोखरीमा मेलाका दिन बाझो महिलाले पोखरीमा पहिलो डुबुल्की लगाएपछि कुनै जीव हातमा आए छोराछोरी पाउने र निर्जिव बस्तु हातमा आए छोराछोरी नपाउने जनविस्वास रहेको छ ।

 

यस्तै, सिरहा नगरपालिका स्थित सल्हेस मन्दिर राजा सल्हेसको कुल देउताको रहेकोले पासवान जातीका ब्यक्तिहरु र तत्कालिन राजा सल्हेसको कुल देउता भएपछि आम जनताको देउता भएको भन्दै भारतको दरभंगासम्मका र नेपालका विभिन्न तराईका जिल्लाका श्रद्धालुहरु पूजा गर्न आउने गरेको बृद्धहरुको भनाइ छ ।
उक्त सल्हेस मेलामा सल्हेसको वीर गाथा सुनेर तथा लोक संस्कृती झल्किने विभिन्न सांस्कृतिक कार्यक्रम गरी आज रातभरी जाग्राम बस्ने परम्परा रहेको छ ।

 

यता, आजैको दिन गोलबजारको धमिनीस्थानमा पनि ठूलो मेला लाग्ने गरेको छ । धमिनी माताको शक्तिका कारण मानत (मागेको) पुरा हुने जनविस्वासका कासथ आजैको दिन ठूलो मेला लाग्ने गरेको हो । मेलामा दुई नम्वर प्रदेश सहित उदयपुर, सिन्धुली र भारतबाट भक्तजनहरु आउने गरेको छ ।
भेलामा हुने उर्छिङ्खल गतिवधि निगरनी गर्न गोलबजार नगरपालीकाले मुख्य ठाउ“हरुमा सिसि टिभि क्यामेरा जडान गरिएको स्थानीय व्यवसायी सुधिर साहले जानकारी दिए । साहले सुधिर इन्टर प्राइजेजको तर्फबाट मेलाअवधिभर प्रयोग हुने गरी क्यामेरा उपलब्ध गराएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित