नेकपा एमाले ११ औं जिल्ला अधिवेशन सम्पन्न, अशोक यादव अध्यक्ष चयन

Picture of हरियो पाटी

हरियो पाटी

518
SHARES
710
VIEWS

सिरहा, – नेकपा एमालेको ११ औं जिल्ला अधिवेशन सर्वसम्मतिमा सम्पन्न भएको छ। अधिवेशनले १३५ सदस्यीय जिल्ला कमिटी गठन गर्दै नयाँ नेतृत्व चयन गरेको हो।

अध्यक्षमा अशोक यादव चयन भएका छन् भने डा. नवीन यादव उपाध्यक्ष बनेका छन्। सचिवमा प्रदिप मासेठ चयन भएका छन्। साथै, दुई जना उपसचिव पदमा खेमलक्ष्मी श्रेष्ठ र शिवशंकर महतो चयन भएका छन्।

सर्वसम्मतिको वातावरणमा सम्पन्न अधिवेशनलाई नेकपा एमालेका नेता तथा पूर्व कानूनमन्त्री लिलानाथ श्रेष्ठले बधाई ज्ञापन गरेका छन्। उनले सम्पूर्ण नवनिर्वाचित कमिटीलाई सफल कार्यकालको शुभकामना दिँदै संगठन सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएपछि स्थानीय कार्यकर्तामा उत्साह देखिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित