ग्लोबल आइएमई बैंकको एटीएम, बिगृदा सेवाग्राही मारमा

Picture of हरियो पाटी

हरियो पाटी

587
SHARES
804
VIEWS

सिरहा, गोलबजार — सिरहाको गोलबजारमा रहेको ग्लोबल आइएमई बैंकको एटीएम मेसिन बिग्रिएको १० दिन भइसक्दा पनि बैंकले मर्मतका लागि कुनै चासो नदेखाएको सेवाग्राहीहरूले गुनासो गरेका छन्।

स्थानीय सेवाग्राही शिव यादव भन्छन्, “हामीले अरू बैंकको एटीएमबाट पैसा झिक्नुपर्दा अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता छ। ग्लोबल आइएमईकै एटीएम बिग्रिएको धेरै दिन भइसक्यो, तर बैंक प्रशासनले बेवास्ता गरिरहेको छ।”

त्यस्तै, अर्का सेवाग्राही सोभियत मुखिया भन्छन्, “यो बैंकको प्रवृत्ति यस्तै हो, जहिले पनि एटीएम बिग्रेकै हुन्छ। बैंकले समयमा मर्मत नगर्दा हामीलाई ठूलो असुविधा भएको छ।”

स्थानीयहरूका अनुसार, बैंकले नियमित रूपमा एटीएम मर्मत नगर्दा सेवाग्राहीहरूले आर्थिक नोक्सानी बेहोर्नुपरेको छ। यो समस्या समाधान गर्न बैंक प्रशासनसँग पटक-पटक माग गर्दा पनि कुनै पहल नभएको गुनासो छ।

बैंक प्रशासनको धारणा लिन ग्लोबल आइएमई बैंक गोलबजार शाखाका निमित्त प्रबन्धक सुभाष भट्टराई सँग सम्पर्क गर्न खोज्दा उहाँले फोन उठाउनुभएन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित