गोलबजारमा एलआईपी डब्लु र वडा स्तरीय योजनाहरूको अनुगमन

हरियो पाटी

हरियो पाटी

631
SHARES
865
VIEWS

गोलबजार, सिरहा – गोलबजार नगरपालिका-१० मा एलआईपी डब्लु (LIPW) तथा वडा स्तरीय योजनाहरूको अनुगमन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल पुरीले गरेका छन्। अनुगमनका क्रममा उनले स्थानीय सरकारले सञ्चालन गरेका विकास योजनाहरू पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

पुरीले समुदायका सदस्यहरू, स्थानीय समिति तथा सरोकारवालाहरूलाई योजनाको प्रभावकारी कार्यान्वयनका लागि सहकार्य गर्न आग्रह गरे। उनले भने, स्थानीय विकासका योजनाहरूमा सबै पक्षको सहभागिता आवश्यक छ। नगरपालिकाले पारदर्शिता कायम गर्दै राम्रो काम गर्न सबैको जिम्मेवारी हो।”

अनुगमनका क्रममा नगरपालिकाका अन्य अधिकारीहरू, उपभोक्ता समिति तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। स्थानीयहरूले विकास योजनाको अनुगमनलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा समेत यस्ता कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित