सवारी दुर्घटनामा मधेसका स्वास्थ्यमन्त्री सिंह घाइते, अवस्था सामान्य

Picture of हरियो पाटी

हरियो पाटी

560
SHARES
767
VIEWS

जनकपुरम, ८ माघ। मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवार गाडी दुर्घटनामा परेको छ। सोमबार राती करिब साढे नौ बजे जनकपुरस्थित रामानन्द चोकमा दुर्घटनामा मन्त्री सिंहसहित थप दुईजना घाइते भएका छन्।गएराति स्वास्थ्यमन्त्री सिंह सवार मधेस प्रदेश ०२–००१ झ.०१६५ नम्बरको गाडी खानेपानी डिभिजन कार्यालयको मधेस प्रदेश ०३–००१ झ–००९६ नम्बरको अर्को सरकारी गाडीमा अनियंत्रित भएर मन्त्रीको गाडीमा ठोकिएको हो । दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

दुर्घटनामा घाइते मन्त्री सिंहसहितको जनकपुर प्रादेशिक अस्पतालमा उपचार पछि मन्त्री सहित तीनैजना क्वाटर फर्केका छन ।  सबै जनाको अवस्था सामान्य प्रहरीको भनाई छ।

उपचारमा संलग्न चिकित्सकले मन्त्रि सिंहको स्पाइनल हड्डीमा चोट लागेको बताएका छन्। दुर्घटनामा मन्त्री सवार गाडीका चालक र सुरक्षाकर्मी पनि घाइते भएको सूचना अधिकारी सिंहले जानकारी दिए। दुर्घटनामा परेको गाडीको अगाडिको भागमा क्षति पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित