नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानको बान्द्रास्थित घरमा आक्रमण भएको छ । उनको घरमा पसेर धारिलो हतियारले एक जना आक्रमणकारीले आक्रमण गरेका थिए । सैफलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
अमर उजालामा छापिएको समाचारका अनुसार अबेर राति एक अज्ञात व्यक्ति सैफको घरमा छिरेको थिए । उनले अभिनेतामाथि छुराले आक्रमण गरे । आक्रमणमा सैफ अली खान घाइते भएको र उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको उपचार भइरहेको प्रहरीले बताएको छ ।
कहाँ बस्छन् सैफ अली खान ?
बान्द्राको सतगुरु शरण भवनमा सैफ अली खानको ३ बेडरुमको आलिशान अपार्टमेन्ट छ । यहाँ टेरेस, बाल्कोनी र स्विमिङ पुल पनि छ । यस घरमा सैफसँग पत्नी करीना कपूर खान र छोराहरू तैमुर अनि जेह पनि बस्छन् ।
Discussion about this post