पुस २५ सिरहा कृषि विकास बैंक लहान शाखाले प्रक्रिया नै छलेर जग्गा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । स्थानीयहरूले लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध पारेर आन्दोलनमा उत्रीएका छन् ।
चक्काजाम क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।
२५जना आन्दोलनकारीलाई चोटपटक लागेको छ भने १५ भन्दा बढी प्रहरी घाइते छन् । सो क्रममा १० राउन्ड अश्रुग्यास प्रहार र ४ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय, सिराहका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए । उनका अनुसार, स्थिति सामान्य भइसकेको जनाएको छ ।
लहान नगरपालिका वडा–२ जहदिका स्थानीय किसान रामचन्द्र यादवले पूर्वपश्चिम राजमार्गमा टाँसिएको ७ धुर जग्गा धितो राखी ०७७ फाल्गुन १५ गते ३० लाख रुपैयाँ ऋण लिएका थिए । रामचन्द्रका अनुसार, गत मंसिरसम्ममा किस्तामा १९ लाख ९२ हजार ७७३ रुपैयाँ तिरिसकेका छन् । कृषि विकास बैंक लहान शाखाले गुप चुप जग्गा लिलाम गरेको भन्दै रामचन्द्र यादव लगायत स्थानियले आन्दोलित भएका छन् ।
तैपनि आफ्नो जग्गा कर्मचारीले थाहै नदिई गुपचुप रूपमा लिलाम गरेको उनको भनाइ छ । उनका अनुसार, अहिले उक्त जग्गाको चलनचल्तीको मूल्य १ करोड ४५ लाख हो । तर, बैंकले ३५ लाखमै लिलाम गरिदिएको उनी बताउँछन् । यस विषयमा रामचन्द्र करिब एक महिनादेखि बैंक धाइरहेका छन् । तर, सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएको उनको भनाइ छ ।


















Discussion about this post