महिला अध्यक्षको नाउँमा मोनिकाले गरे रक्तदान

Picture of हरियो पाटी

हरियो पाटी

559
SHARES
766
VIEWS

सिरहा,मंसिर ३०। नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएको खुशीमा सिरहाकी मोनिका शर्माले रक्तदान गरेको छ ।
सरसफाई अभियानको क्रममा धरान पुगेकी मोनिकाले निर्मला शर्मा नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्षमा निर्वाचित भएको जानकारी पाउना साथ रक्तदान गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाले संचालन गरेको रक्तदान केन्द्रमा गएर मोनिकाले रक्तदान गरेकी छन् । ‘निर्मला परिचित छैनौं तर पत्रकारिता क्षेत्रमा पहिला निर्वाचित भएपछि मलाई धेरै खुशी लाग्यो,’उनले भनिन्, ‘महिलाले पनि सर्वहितमा परिवर्तनकारी काम गर्न सक्छ भन्ने झल्को दिने अभिप्रायले रक्तदान गरेको छु ।’

पत्रकारिता पेशामा काम गर्दै गरेको र आउने नवप्रवेशी महिलालाई काम गर्न सहज वातावरण सृजना हुने विश्वास जागेको उनले बताइन् । ‘परिवर्तनको पक्षमा समाजका लागि गरिने पत्रकारिता एक उच्चतम् पेशा हो,’थप्दै उनले भनिन्,‘पत्रकारिता गर्दै आएको सन्दर्भमा महासंघको केन्द्रिय अध्यक्षमा महिला निर्वाचित भएपछि काम गर्न थप उर्जा आएको अनुभुति भएको छ ।’

संस्थामा काम गर्दै पत्रकारिता पेशामा प्रवेश गरेकी मोनिका सिरहाको विभिन्न रेडियो, टेलिभिजन र पत्रिकामा काम गर्दै हाल काठमाण्डौंमा बसेर समाजसेवा तथा पत्रकारितामा क्रियाशिला रहेकी छन् ।

महिला अध्यक्षको नाउँमा मोनिकाले गरे रक्तदान
पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्मा निर्वाचित
सिरहा,१ पुस । नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएको खुशीमा सिरहाकी मोनिका शर्माले रक्तदान गरेको छ ।

सरसफाई अभियानको क्रममा धरान पुगेकी मोनिकाले निर्मला शर्मा नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्षमा निर्वाचित भएको जानकारी पाउना साथ रक्तदान गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाले संचालन गरेको रक्तदान केन्द्रमा गएर आफै मोनिकाले रक्तदान गरेकी छन् । ‘निर्मला परिचित छैनौं तर पत्रकारिता क्षेत्रमा पहिला निर्वाचित भएपछि मलाई धेरै खुशी लाग्यो,’उनले भनिन्, ‘महिलाले पनि सर्वहितमा परिवर्तनकारी काम गर्न सक्छ भन्ने झल्को दिने अभिप्रायले रक्तदान गरेको छु ।’

पत्रकारिता पेशामा काम गर्दै गरेको र आउने नवप्रवेशी महिलालाई काम गर्न सहज वातावरण सृजना हुने विश्वास जागेको उनले बताइन् । ‘परिवर्तनको पक्षमा समाजका लागि गरिने पत्रकारिता एक उच्चतम् पेशा हो,’थप्दै उनले भनिन्,‘पत्रकारिता गर्दै आएको सन्दर्भमा महासंघको केन्द्रिय अध्यक्षमा महिला निर्वाचित भएपछि काम गर्न थप उर्जा आएको अनुभुति भएको छ ।’

संस्थामा काम गर्दै पत्रकारिता पेशामा प्रवेश गरेकी मोनिका सिरहाको विभिन्न रेडियो, टेलिभिजन र पत्रिकामा काम गर्दै हाल काठमाण्डौंमा बसेर समाजसेवा तथा पत्रकारितामा क्रियाशिला रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित