धनगढीमाईका प्रशासकीय अधिकृत बगालेसहित पाँचजना विरुद्ध आरोपत्र दायर

हरियो पाटी

हरियो पाटी

638
SHARES
874
VIEWS

सिरहा, २० मंसिर सिरहा औषधी खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनगढीमाई नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेसहित पाँचजना विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा आधारभुत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधी खरिद प्रकृयामा अनियमितता गरेको भन्दै प्रमुख वगालेसहित लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, तत्कालिन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सि शाखा प्रमुख सम्पैत यादव र विक्रेता कम्पनी हेल्पिङ्ग मल्टिपर्पोज प्रा.लि.का प्रवन्ध निर्देशक माधव प्रसाद गौतम विरुद्ध आरोप पत्र दायर भएको हो ।

विक्रेतासँगको मिलेमत्तोमा औषधी खरिद नगरी, बिल बनाएर दाखिला नगरी रकम निकासा गरेको भन्ने उजुरी निवेदनको सम्बन्धमा अनुसन्धान हुँदा नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा आधारभुत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधी खरिदमा ४ लाख ६० हजार ८ सय १० रुपैयाँ अनियमिता गरेको अख्तियारका प्रवक्ता नरहरी घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा नेपाल सरकारको सःसर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधीहरु जन सवाल पत्रिकामा प्रकाशित मूल्यभन्दा बढी मूल्य राखि खरिद गरेको र ५ प्रकारका औषधीहरु पत्रिकामा प्रकाशित औषधीहरुको मूल्यसूची भन्दा बाहिरको औषधी खरिद गरेको उल्लेख गरेको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम (१क) बमोजिम करेक्स फर्मासिटीकल्स प्रालिले आव २०७८÷०७९को लागि मिति २०७८ साउन १० गते राष्ट्रिय जन सवाल पत्रिकामा प्रकाशित २ सय ३७ प्रकारका औषधीहरुको मूल्यसूची (दररेट) मा नबढ्नेगरी उक्त कम्पनीको आधिकारीक विक्रेता हेल्पिङ्ग मल्टिपर्पोज प्रालिसँग खरिद गर्नु पर्नेमा खरिद गरेका ३२ प्रकारका औषधीमध्ये १७ प्रकारका औषधीहरु उल्लिखित दररेटभन्दा बढी मूल्यमा खरिद गरेको अनुसन्धानबाट खुलेको आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ती अनुसार १७ प्रकारका औक्षधी ३ लाख ४६ हजार ३ सय २० रुपैयाँ र ५ प्रकारका औषधीहरु पत्रिकामा प्रकाशित औषधीको मूल्य सूचीभन्दा बाहिरको रकम १ लाख १४ हजार ४ सय ९० रुपैयाँ समेत गरी जम्मा ४ लाख ६० हजार ८ सय १० रुपैयाँ नेपाल सरकार÷सर्वाजनिक संस्थालाई हानि;नोक्सानी पुर्याउने बद्नियत राखी अङ्कीत मूल्यभन्दा अस्वभाविक बढी मूल्यमा औषधी खरिद गरी÷गाराई झुट्टा विवरणको बिल भरपाईको आधारमा रकम भुक्तानी गरे गराएको पुष्टि भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित