मंसिर २०सिरहा चोहर्वा खण्डको भलुवाही चौकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएपछि स्थानीयले बिहीबार बिहानैदेखि राजमार्ग अवरुद्ध गरेका छन्। सिरहा नगरपालिका–११, भलुवाहीका १८ वर्षीय निरज कामतको स.१ ह ७२४ नम्बरको अटोको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनापछि आक्रोशित स्थानीयले बिहीबार बिहान देखि सिरहा चोहर्वा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध गरेका छन्। क्षतिपूर्तिको माग राख्दै र घटनामा संलग्न चालक तथा सवारीधनि माथि कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन सुरु गरेका हुन्।
प्रदर्शनकारीहरूले राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। सिरहाको सदरमुकाम सिरहा बजार जाने र आउने सबै सवारीसाधन ठप्प छन्। प्रदर्शनका कारण यात्रुहरू समस्यामा परेका छन् भने स्थानीय व्यवसाय र जनजीवनमा पनि असर परेको छ।
घटनास्थलमा प्रहरी परिचालन गरिए पनि प्रदर्शनकारीहरूको माग तत्काल सम्बोधन गर्न नसकिँदा समस्या समाधान हुन सकेको छैन। प्रहरी स्रोतका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।
युवकको मृत्युपछि पीडित परिवार र स्थानीयले उचित क्षतिपूर्ति र कारबाहीको माग गरेका छन्। प्रशासनले समस्या समाधानका लागि वार्ताको प्रयास गरिरहेको छ।जिल्ला प्रहरि सिरहाका सूचना अधिकारि बिरेन्द्र पासमानले जनाएको छ । चलक र अटो जिल्ला प्रहरि कार्यलयको नियन्त्रणमा रहेको सूचना अधिकारि पासमानले जनाएको छ । राताेपाटी बाट
Discussion about this post