नगरपालले गरेको कर वृद्धि विरुद्ध माओवादी केन्द्रको आन्दोलन घोषणा

हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 39;

सिरहा, ३ मंसिर। गोलबजार नगरपालिले गरेको कर वृद्धि, अनियमितता र वेथिति विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोलबजार नगर कमिटीले आन्दोलनको घोषणा गरेको छ। पार्टी नगर कमिटीले नगरपालिकाले भूमिमा वृद्धि गरेको करको दर घटाउन गरेको माँगको वेवास्ता गरेको र विकास निर्माणमा हुने अपारदर्शी र अनियमिताको विरुद्ध आज पत्रकार सम्मेलन पत्रकार सम्मेलनमार्फत चरयावद्ध आन्दोलन गर्ने घोषणा गरेको हो।

गोलबजार नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा भुमिमा लाग्दै आएको कर अत्यधिक वृद्धि गरेको र नेकपा माओवादी केन्द्रले त्यसमा विरोध जनाए पनि वेवास्ता गरिएकोले आन्दोलन गर्न बाध्य भएको आन्दोलन समितिका संयोजक जीवन कुमार यादवद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।

विज्ञप्तीमा ‘साविकमा प्रति कट्ठा ५ रुपैयाँ मात्र मालपोत तिर्दै आएका जनताले  वृद्धि पश्चात ४ सय रुपैयाँ तिर्नुपर्ने बाध्यता आएको छ। यो किसानमारा, जनविरोधी कार्य तत्काल सच्यान माँग गर्दछौं।’ भन्ने उल्लेख गरिएको छ।

त्यसैगरी नगरपालिकाबाट हुने विकास निर्माण, अपादर्शी ढङ्गले भएको कर्मचारी भर्ना तत्काल सच्याउनु पर्ने र स्वास्थ्य चौकी तथा सशस्त्र प्रहरी बल रहेको जग्गा अधिग्रहण गर्न उदासिनता देखाएको भन्दै त्यसतर्फ पार्टीको ध्यानाकर्षण भएको जनाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

नगरपालिकामा हुँदै आएको गतिविधिहरुले पछिल्ला दिनहरुमा स्थानीय सरकार नै नभएको जनताले महसुस गरेको भन्दै जनप्रतिनिधी र कर्मचारी जनताप्रति जवाफदेहि हुनपर्ने माँग गरेका छन्।

संघर्ष समितिले पार्टीले उठाएको जायजमाँगप्रति नगरपालिका गम्भिर नभएकोले संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका छन्। जारी विज्ञप्तीमा मंसिर ४ गते गोलबजारमा खवरदारी सभ, ६ र ७ गते कालोपट्टी बाँधेर नगरपालिकाको गेटमा धर्ना दिने, मंसिर ७ गते भित्र सबै वडाहरुमा नगरपालिकामा भईरहेको वेथिति विरुद्ध अन्तक्रिया गर्ने, ९ गते नगरपालिकामा सिट्ठी जुलुस गर्ने र ११ गते नगर प्रमुख , उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा पस्न एक रोक लगाउने संघर्षको कार्यक्रमहरु घोषणा गरिएको छ।

नेकपा माओवादीका नेता प्रवेश लामाले पत्रकार सम्मेलनमा आन्दोलनको औचित्य र बाध्यताबारे थप प्रष्ट पारेका थिए। उनले नगरपालिकाले विपक्षी राजनीतिक दलहरुले  उठाएको सवालमा ढाँट्ने, टार्ने र अल्मल्याउने गरेको बताउँदै अव त्यस्तो गतिविधि धेरैदिध नचल्ने बताए।

त्यसैगरी अर्का नेता उमेकश बरालले नगरापलिकाले अहिले गर्दै आएका जनविरोधी  गतिविधि अव आफ्नो पार्टीले हेरेर वस्न नस्कने भन्दै नगरपालिकाको विरुद्ध जनताको पक्षमा हुने संघर्षका कार्यक्रमहरुमा सवै दल, नागरिक समाज र बुद्धिजीविहरुलाई साथ सहयोग गर्न अपिल गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित