सिरहा, ३ मंसिर । सिरहा तीन दिनअघि शुक्रबार कमला नदीमा नुहाउने क्रममा हराईरहेका दुई बालक छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा फेलापरेका छन् । कर्जन्हा १ उत्तरबाहिनी क्षेत्रबाट आइतबार मिर्चैया नगरपालिका ५ का रामनाथ साहका छोरा करिब १५ वर्षीय लक्ष्मण साहको शव भेटिएको हो ।
महोत्तरीको बर्दीबासस्थित सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र थापा कमान्डको गोताखोर टोलीले खोजतलासको क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय सिराका सुचना अधिकारी डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
सोहीदिन हराईरहेका सिराहा नगरपालिका ६ बसबिट्टास्थित कमला नदीमा नुहाउने क्रममा बेपत्ता भएका सिराहा नगरपालिका १५ बुधौराका १४ वर्षीय अभिषेक यादवको शव हुलाकी सडकको कमला पुलदेखि करिब पाँच सय मिटर दक्षिण पानीमा तैरिरहेको अवस्थामा फेला परेको छ ।
परिवार र आफन्तहरूले आइतबार बिहानदेखि ६–६ जनाको समूह बनाएर पूर्व–पश्चिम किनार हुँदै दक्षिणतर्फ खोजी गर्ने क्रममा कमला पुलको करिब पाँच सय मिटर दक्षिणपट्टि बाट शव भेटिएको सिराहा प्रहरीहा प्रहरी बताए ।बसबिट्टा र उत्तरबाहिनी दुवै ठाउँमा शव भेटिएपछि जिल्ला प्रहरी र मातहतको प्रहरी युनिटबाट घटनास्थल पुगेको प्रहरीले घटनास्थल मुचुल्कासहितका आवश्यक प्रक्रिया पूरा गरी पोेस्टमार्टमका लागि यादवको शव प्रादेशिक अस्पताल सिराहा र साहको शव रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहान पठाइएको जिल्ला प्रहरी कार्यालय सिराका सुचना अधिकारी डीएसपी वीरेन्द्रकुमार पासवानले जनाएको छ ।
Discussion about this post