गोलबजार, १ मंसिर। चोहर्वा बजार विकास समितिको निर्वाचनमा अध्यक्ष पदमा नागेन्द्र कुमार सिंह महतोको प्यानल निर्वाचित भएका छन्। नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को समर्थनमा अध्यक्ष पदका उम्मेदवार नागेन्द्र कुमार सिंह महतो १ सय १८ मतसहित निर्वाचित भएका हुन्।
उनी निकटतम प्रतिदोन्दि सुनिल कुमार सिंह भन्दा ७७ मतको अन्तरले बिजय भएको निर्वाचन अधिकृत श्याम कुमार महतोले जानकारी दिए।
त्यसैगरी उपा–अध्यक्ष पदका उम्मेदवार हृदय कुमार सिंह १ सय २४ र सचिव पदका उम्मेदवार शिव कुमार यादब १ सय १७ मतसहित निर्वाचित भएका छन्।
कोषा–अध्यक्ष र सह–सचिवसहित जम्मा ८ जना सद्स्य यसअघि नै निर्बिरोध निर्वाचित भईसकेका थिए।
अध्यक्ष पदका अर्का उम्मेदवार सुनिल कमार सिंहले ४१, उपा–अध्यक्ष रामबिलास महतो ३५ र सचिव पदका उम्मेदवार शशी कुमार महतोले ४२ मत ल्याएको निर्वाचन समितिका अधिकृत महतोले जान्कारी दिए। यो प्यानललाई नेपालि कांग्रेस र जनमत पार्टीले समर्थन रहेको थियो।
कुल १ सय ६८ मत मध्येय १ सय ६१ मत खसेको थियो। आज बिहान ८ बजेबाट मतदान २ बजे सम्पन्न भएको थिय।
Discussion about this post