चोहर्वा बजार बिकास समितिमा नायाँ युवाकाे नेतृत्व हुनुपर्छ स्थानीय ब्यापारीहरुकाे माग। तर पुरानै अनुहर देखिन थाले पछि चोहर्वा बजार बिकास समितिमा बेपारि हरु निराश देखिन थालेका छन। हाम्रो मागहो नायाँ अनुहार तर पुरानो नेतृत्व चाहिदैन्न स्थानीय बेपारिहुरुको भनाइ ।
कार्तिक २६ सिरहा । सिरहाको चोहर्वा बजार विकास समितिको निर्वाचनमा तिनजना उम्मेदवारि दिने घोषणा गरेका छ्न।चोहर्वा बजार विकास समितीको अध्यक्ष पदमा सुनिल सिंह, रामप्रकाश सिंह बेचु,र नागेन्द्र सिंहले उम्मेदवारी दिने घोषणा गरेको हो।अध्यक्ष पदमा उम्मेदवारी दिएको तिनैजनाले फरक-फरक धारणाका साथ बजार बिकास समितिमा भिडेका छ्न ।
जनमत र काङ्ग्रेस पार्टी बाट गठबन्धनको उम्मेदवार सुनिल कुमार सिंह हुन।चोहर्वा बजार परिवर्तन गर्न आवश्यक रहेको अध्यक्ष पदमा उम्मेदवारी दिने सुनिल सिंहलेजनाएको छ।
उनले, ‘चोहर्वा बजारमा सार्वजनिक सौचालय र बजार विकास समितिको आफ्नो भवन पुरानो हर हिसाब गोलमटाेर लगायतको भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले थपे, ‘चोहर्वा बजारमा परिवर्तन ल्याउनकोलागी आफुले उम्मेदवारी दिएको छु।
बजार बिकासमा परिवर्तन ल्याउन मेरो नेतृत्वको आवश्यकता छ।
अर्का उम्मेदवार नागेन्द्र सिंहको बिचार यि दुइजना भन्दा फरक छ्न । नागेन्द्र सिंहले,आफुले सुरु देखि नै चोहर्वा बजार व्यवस्थापन गरेको बताए । उनले भने,आफू दुई कार्यकाल समेत चलाइसकेको छु,आफुले बजार र व्यापारीलाई राम्रो संग नियालेको बताए ।
आफू भन्दा अरु-कसैले बजार राम्रो बनाउन नसक्ने सिंहको दाबी छ । तर सिहले दुई कार्यकाल मनोमानि र अ-बेवस्थित तरिकाले पुरानो चोहर्वा बजारलाइ झन धरासय बनाएको स्थानीय बेपारीको आरोप छ । चोहर्वा बजार बिकास समितिमा नायाँ युवाकाे नेतृत्व हुनुपर्छ स्थानीय ब्यापारीहरुकाे माग छ ।
यता,चोहर्वा बजारका ब्यापारीहरुलाई पनि बजार परिवर्तन भएको देख्न मन छ । व्यापारी भन्छ्न,चोहर्वा बजार लाखौ रकममा ठेक्का लाग्छ तर बजारमा परिवर्तन भने शून्य छ ।
Discussion about this post