पैसा लुट्ने उद्देश्यले डाँका समूहले हानेको थियो शिक्षकलाई गोली

हरियो पाटी

हरियो पाटी

519
SHARES
711
VIEWS

२५ कात्तिक, हेटौंडा । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा शिक्षक प्रेमबहादुर बम्जनले आफूमाथि डाँका समूहले लुटपाट गर्ने उद्देश्यले गोली हानेको बताएका छन् ।पर्साको वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा उपचार गराइरहेका उनले आफूलाई बाटो ढुकेर बसेको डाँका समूहले पैसा लुटपाट गर्ने उद्देश्यले गोली हानेको बताएका हुन् ।

मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँ घर भएका बम्जनमाथि घर फर्कने क्रममा आइतबार दिउँसो ३–४ जनाको अज्ञात समूहले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-६ स्थित सिन्धुली–सर्लाही–कर्मैया सडक खण्डमा बम्जनमाथि गोली हानेको थियो । बम्जन बकैया गाउँपालिका–३ हात्तिसुढेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् ।

‘म र भाइ दिदीको घरमा पूजामा गएर मोटरसाइकलमा घर फर्किँदै थियौं । बाटो छेउमा बसिरहेको ४–५ जनाको समूहले रोकेर सिधै पैसा मागे । मैले पैसा छैन भनेर बाइक रोकेर ओर्लिन खोज्दाखोज्दै गोली हानिहाले’, घाइते बम्जनलाई उदृत गर्दै बीरगञ्जस्थित अस्पतालमा सँगै रहेका उद्धव घिमिरेले भने । घिमिरे शिक्षक बम्जनले पढाउने विद्यालयका पूर्वविद्यार्थी हुन् ।

गोली प्रहार गर्ने बित्तिकै अरु गाडीहरु पनि आइपुगेपछि डाँका समूह भागेको घिमिरेले बताए ।रौतहटमा दिदीको घरमा पूजा सकेर चपुर बजार हुँदै सर्लाहीसँग सीमा जोडिएको बागमती नदी किनार भएर शिक्षक बम्जन घर फर्किँदै थिए ।
सिन्धुलीका प्रहरी नायव उपरीक्षक अनिल खड्काका अनुसार ३ जनाको समूहले मोटरसाइकल चलाएर हिँडिरहेको अवस्थामा बम्जनलाई रोकेर नल कटुवा बन्दुकले गोली प्रहार गरेको अनलाइनखबरलाई बताए ।घिमिरेका अनुसार उनलाई थप उपचारको लागि चितवनस्थित भरतपुर वा काठमाडौं लैजाने विषयमा छलफल भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्का अनुसार बम्जनले लगाएको हेल्मेटको दाहिनेतर्फबाट प्रहार भएको गोलीले गालामा चोट लागेको छ । बम्जनले चलाएको प्रदेश २–०३–००६ प ८५५४ नम्बरको मोटरसाइकल पछाडि उनका भाइ दिलबहादुर बम्जन बसेका थिए । उनी सकुशल छन् ।

‘गोली दाँतमा अड्किएर सर जोगिनुभएको रहेछ । वयोधा अस्पतालका चिकित्सकले सर खतरामुक्त हुनुहुन्छ भन्नुभएको छ । तर पनि थप उपचारका लागि भरतपुर वा काठमाडौं लैजाने छलफल भइरहेको छ’, उनले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित