सिरहामा कानुन भन्दा तस्कर शक्तिशाली,नियामक निकाय मौन

हरियो पाटी

हरियो पाटी

560
SHARES
767
VIEWS
oppo_0

धनगढीमाई नगरपालिका नगरप्रमुख शिवशंकर महतोदले आफुले त्यहाँ चौकीदारी गर्न नसकिने बताए ।

सिरहा,सिरहामा नियामक निकाय कै मिलोमतोमा निजि जग्गा तथा खोला बाट व्यापक रुपमा अबैध उत्तखनन् भइहेको पाइएको छ । सिरहाका ग्राभेल माफिया स्थानीय जनप्रतिनिधी र प्रशासन र कानुन भन्दा बलिया देखिएका छन्। कानुनी प्रकृया पुरा नगरी दिनदाहाडै जनप्रतिनिधी र प्रहरीकै आँखागाडीबाट मनलाग्दी अबैध ग्राभेल उत्खनन् हुनुले ग्राभेल माफिया बलिया सावित भएका हुन् ।

सिरहाको धनगढीमाई नगरपालिकाका जनप्रतिनिधी, प्रहरी र वन कार्यालयकै सेटिङमा निजी, आवादी तथा खोलाहरुबाट व्यापक ग्राइभेल उत्खनन् भइरहेको छ । दिनहुँ सयौं टिफर ग्राभेल उत्खनन् र विक्रि हुने गरेको छ। खानी दर्ता विनै स्थानीयले ग्राभेलको अवैध व्यसाय चलाएको भएपनि नगरप्रमुख शिवशंकर महतो र प्रहरी प्रशासन तैंचुप मैचुपको अवस्थामा छ।

स्थानीयले धनगढीमाई नगरपालिका नगरप्रमुख शिवशंकर महतो र प्रहरीलाई पटक–पटक जानकारी गराउँदा पनि अवैध ग्राभेल उत्खनन् निरन्तर भइर हेको छ। धनगढीमाई नगरपालिका नगरप्रमुख शिवशंकर महतोदले घुमाउरोभाषामा आफुमा रोकन सक्ने क्षमता नभएको बताउदै आफुले त्यहाँ चौकीदरि गर्न नसकिने बताए ।

धनगढीमाई नगरपालिका ८ कसहाको प्रहरीविट अगाडि बाट ग्राभेल बोकेर टिफर हिडेपनि प्रहरीले देखेको नदेख्यै गर्दै आएको स्थानीय रामप्रकाश यादवले बताएको छ ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी बिष्णु प्रसाद सोतीले सूचना पाउँदा हामी पुग्ने गरेपनि आफूहरुले उत्खनन् गर्दै गरेको अवस्थामा सवारी साधन फेला नपरेको बताए।

उनले भने,त्यस क्षेत्रमा ठूल ठूला खाडलहरु धेरै पहिला देखिनै खनिएको छ।
उनले यसको नियमन र खोजतलास गर्नेकाम स्थानीय तहको बताएकोले आफूहरुले उत्खनन् गर्दैगरेको अवस्थामा भेटेपनि नियन्त्रणमा लिएर पालिकाकै जिम्मा लगाउने बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित