इसराइलले गर्‍यो इरानमा आक्रमण

हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

समाचार एजेन्सी , शनिबार बिहान इसराइलले तेहरान आसपास इरानी सैन्य अड्डालाई लक्षित गरी हवाइ आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।आक्रमणबाट के-कति मानवीय क्षति भयो भन्ने विषय सार्वजनिक भइसकेको छैन।

इरानले अक्टोबर १ मा इसराइलमा आक्रमण गरेको थियो। त्यतिबेला इरानले १८० वटाभन्दा बढी मिसाइलले इसराइलमाथि आक्रमण गरेको थियो।उक्त आक्रमणलाई इरानले इसराइलमाथि गरेको ठूलोमध्येको हमला भनिएको थियो।

सो आक्रमणपछि इसराइलले त्यसको जवाफ दिने र इरानले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दिँदै आएका थिए।मध्यपूर्वको लडाइँमा इसराइललाई सहयोग गर्दै आएको अमेरिकाले इरानमा आक्रमण गर्दा सैनिक अड्डाहरूमा मात्र निशाना बनाउन इसराइललाई सुझाव दिएको थियो।

सोही अनुसार शनिबार बिहान इसराइलले इरानी सैन्य अड्डाहरूलाई मात्र लक्षित गरेर आक्रमण गरेको जनाइएको छ।इरानले अक्टोबर १ को आक्रमणपछि इसराइल प्रत्याक्रमणमा उत्रिए त्यसको जबाफ दिन तयार रहेको बताउँदै आएको थियो।

इसराइलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वको द्वन्द्व थप उत्कर्षमा पुगेको छ। इसराइल इरानसँगै गजामा हमास र लेबननमा  हिजबुल्लाहसँग लडाइँमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित