सभापति लामिछाने पक्राउको घटना राजनीतिक पूर्वाग्रह हाे,रास्वपा

Picture of हरियो पाटी

हरियो पाटी

518
SHARES
709
VIEWS

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउको घटनालाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम भएको बताएको छ । शुक्रवार साँझ सभापति लामिछाने पक्राउ परे लगत्तै सो पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै सो कदम राजनीतिक पूर्वाग्रह प्रेरित रहेको बताएका हुन् ।

विज्ञप्तिमा उनले भनेका छन् : ‘संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको हाम्रो ठम्याई छ ।’

यद्यपि सो पार्टीले विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार रहेको समेत बताएको छ । सभापति लामिछानेलाई गरिएको पक्राउप्रति घोर भर्त्सना गर्दै कानुनका छिद्रमा टेकेर रास्वपा र सभापतिमाथि साँधिने राजनीतिक प्रतिशोध आफूहरूलाई कदापि स्वीकार्य नभएको विज्ञप्तिमा जनाइएको छ ।

सो पार्टीले देशमा परिवर्तन चाहने सम्पूर्ण आम नेपाली जनतालाई दशकौँदेखि हुँदै आएको राजनीतिक जालझेलका विरुद्ध उभिन सचेत रहन समेत आह्वान गरेको छ ।

rsp

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित