चेन्नईनजिक यात्रुवाहक रेल मालगाडीसँग ठोक्कियो

हरियो पाटी

हरियो पाटी

529
SHARES
724
VIEWS

तमिलनाडु । तमिलनाडुमा शुक्रबार राति मैसूर-दरभंगा एक्सप्रेस रेल एउटा मालगाडीसँग ठोक्किएको हो । दुर्घटना कावराइपेट्टई रेलवे स्टेशन नजिक भएको हो। चेन्नईबाट यस स्टेशनको दूरी ४१ किलोमिटर छ।अधिकारीहरुका अनुसार दुर्घटना राति ८.३० बजे भएको हो । समाचार तयार पार्दासम्म कुनै हताहतीको खबर छैन। केही व्यक्ति भने घाइते भएका छन् ।

चेन्नई सेन्ट्रलबाट मेडिकल राहत भ्यान र उद्धार टोली घटनास्थल पुगेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार कावराइपेट्टई रेलवे स्टेशनमा मालसामान रेल पार्किङ गर्दा पछाडिबाट आएको यात्रुवाहक रेलसँग ठोक्किएको थियो।

३ वटा डिब्बामा आगलागी भएको छ भने ५–६ वटा डिब्बा लिकबाट खसेका छन् । जसका कारण ट्र्याकमा अप/डाउन आवतजावत प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित