भदौ १९ धनुषा । मधेस प्रदेशको धनुषामा बुधबार साँझ पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीनियामा रहेको पोखरीमा डुब्दा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्तसाहको मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवाका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए।
आफन्तको घरमा गएका बेला उनीहरू पौडी खेल्न गएको र सोही क्रममा मृत्यु भएको बताइएको छ । गत असारमा पनि धनुषाको धनौजी गाउँपालिका ५ बोहर्वामा पोखरीमा नुहाउने क्रममा तीन बालिकाको डुबेर मृत्युु भएको थियो ।
Discussion about this post