गोलबजार बाट अवैध माछासहित राजा सहनि पक्राउ

हरियो पाटी

हरियो पाटी

722
SHARES
989
VIEWS

साउन ३० सिरहा / सिरहा भारतबाट प्रती बन्धित मंगुर जातको माछा सहित प्रहरीले एक जनालाई  पक्राउ गरेका छन । अबैध प्रतीबन्धित माछा र मोटर साइकल सहित गोलबजार नगरपालिका ८ का ३० वर्षीय राजा सहनी पक्राउ परेको  सशस्त्र प्रहरि बल गोलबजारका प्रमुख दसरथ अधिकारीले  जनाएको छ।

भारतको पिपराहि बाट अवैधरुपमा स.५प. ३७८२ नम्बरको माेटरसाइकलमा राखेर चोहर्वा ल्याउँदै गरेको अवस्थामा ८० केजी माछासहित सहनी पक्राउ परेको स्थानीय प्रहरीले जनाएको छ ।

अवैधरुपमा ल्याइएको मंगुर जातका माछा सहित सहनी
आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरी बल  गोलबजारमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा पक्राउ परेको सहनी माछा तस्कर रहेको प्रहरीले जनाएको छ। यसअघि पनि अवैधरुपमा माछा ल्याउँदै गर्दा सहनि पटक–पटक पक्राउ पर्दै आएका थिए ।

पक्राउ परेको सहनी प्रहरीकै मिलाे मताेमा प्रतेक दिन ४ देखि ५ सय किलाे ग्राम माछा तस्करी गरि ल्याउने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित