सिरहाको धनगढीमाई नगरपालिकाका वडा अध्यक्षहरुले नगरसभाको मिति तत्काल तोक्नुपर्ने तीनबुदे माँगसहित २४ घण्टे अल्टीमेटम दिएको छ । पालिकाका १२ जना वडा अध्यक्षहरुले सेवा प्रवाह र दैनिक पप्रशासन चुस्त–दुरुस्त बनाउन छुट्टै अनुगमन समिति, नगरपालिमा देखिएका समस्याहरु सभाकान गर्न यथासिघ्र कार्यपालिकाको बैठक आव्हान गर्नुपर्ने र नगरसभाको मिति यथासिघ्र तय गर्नु पर्ने माँग राख्दै प्रेश विज्ञप्तीमार्फत २४ घण्टे अल्टीमेटन दिएका हुन् ।
वडा अध्यक्षहरुद्वारा जारी संयुक्त प्रेस विज्ञप्तीमा ‘माँगहरु यथासिघ्र पुरा नर्ग साउन २९ गते ४ बजेसम्म सम्वोधन नभए हामी बेथिती, गैरजिम्मेवार र गैरजबाफदेहिता विरुद्ध कडा कदम चाल्न बाध्यहुने ब्यहोरा जानकारी गराउँदछौं; भन्ने उल्लेख गरिएको छ ।
नगरापलिकाका दैनिक प्रशाशनिक कार्य, सेवा प्रवाह लथालिङ्ग भईरहेकोमा छिटो–छरितो बनाउन, विकाशका योजनाहरु सञ्चालन गर्न, स्थानीयतहले गर्नेपर्ने संबैधानिक व्यवस्था नगरसभा राख्न नगरपालिकाका प्रमुखलाई पटक–पटक मौखिक अनुरोध गर्दा पनि कुनै पहल र चासो नदेखिएकोभन्दै आफूहरुले वैकल्पिक बाटो अपनाउनु परेको जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।
‘यो गैर जिम्मेवारी पन, गैरजवाफदेही पनबाट नगरपालिकाको सुशासन, सेवा प्रवाह र विकास कार्य प्रभावित हुने देखिएकोले तपशिलका माँगहरु तत्काल पुरा हुनुपर्छ।’ विज्ञप्तमा उल्लेख छ।
जनप्रतिनिधीविचको विवादका कारण नगरपालिकाको नगरसभा अझै सम्पन्न भएको छैन ।
जम्मा १४ वडा रहेको यस पालिकाका १२ जना वडाअध्यक्षहरुले जारी विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।
मेयर र प्रमुख प्रशासकीय अधिकृत नियमित कार्यालयमा उपस्थित नहुँदा कार्यालयबाट हुने सेवा प्रभा प्रभावित हुने गरेको सेवाग्राहिहरु सोभित महतो र मुकेश साहको गुनासो छ ।
Discussion about this post