सिरहा, २२ साउन। सिराहाकाे लहानका निवासी ४५ वर्षीय पवनकुमार कर्णको शव सप्तरीको छिन्नमस्तामा मंगलबार विहान फेला परेको छ। छिन्नमस्ता गाउँपालिका १ वरही वीरपुरस्थित कुनौली सडक खण्डमा सिराहा लहानका ४५ वर्षीय पवनकुमार कर्णको शव सड छेउको धानखेतमा घोप्टो परेको अवस्थामा फेला परेको हो।
स्थानीयको सूचना पछि तत्काल घटना स्थल पुगेका प्रहरीले घटनास्थल मुचुल्का सहित आवश्यक प्रकृया पुरागरी शव पोष्ट मार्टमको लागि राजविराज ल्याईएको अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यालय सप्तरीका इनसपेक्टर अवधेश कुमार झाले जानकारी दिए।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीका अनुसार कर्ण घटनास्थलनजिकै बन्द अवस्थामा रहेको इँटा उद्योगमा मुन्सीको रूपमा काम गर्दै आएका थिए।
प्रहरीका अनुसार मेडिकल रिपोर्ट नआएसम्म मृत्युको कारणबारे भन्न नसकिने जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी ढुण्डिराज न्यौपानेले बताए।
Discussion about this post