सिरहामा ९५ प्रतिशत रोपाइँ

हरियो पाटी

हरियो पाटी

550
SHARES
754
VIEWS

साउन १५ सिरहा सिरहा जिल्ला कृषि ज्ञानकेन्द्र सिरहाका अनुर आजसम्म ९५ प्रतिशत रोपाइँ भएकोे हो । हालसम्म ५१ हजार तिन सय हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । यो जिल्लामा ५४ हजार हेक्टरमा धानखेती हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र कुमार महासेठ जनाएको छ ।

महासेठका अनुसार साउनको तेस्रो सातासम्म सिरहा जिल्लाका सबै ठाउँमा रोपाइँ सकिने छ । विगतको वर्षको तुलनामा यो वर्ष मनसुन पनि चाँडो भित्रिएको र कमला नहरबाट पानी पनि उपलब्ध गराएकाले रोपाइँले गति लिएको हो ।

सिरहामा गत वर्ष दुई लाख २२ हजार पाच सय ७६ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका सिरहाका प्रमुख नरेन्द्र कुमार महासेठले जनाएको छ । सिरहामा हरदिनाथ, सोनामन्सुली सावित्री सुखा लगइत जातका धान रोप्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित