सिरहा, १८ असार। सिरहा गाउँ नजीकैको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। नरहा गाउँ पालिका ३ खोरियाटोलका शुशील मण्डलको छोरा ६ वर्षिय राहुल मण्डल शुशीलकै भान्जा करिव ९ वर्षिय आशिष मण्डलको मृत्यु भएको प्रहरीले जनाए हो।
सोमबार करिव ११ बजेबाट हराईहेका दुबै बालको प्रहरीको समेत सहयोगमा राती अवेरसम्म खोजतलास गर्दा पनि फोला नपरेका इलाका प्रहरी कार्यालय मर्चियाले जानकारी दिए। बिहान गाउँकै एकजना खेत खन्न गएकोबेला कसहाबाला भन्ने बसन्त यादवको पोखरीमा शव तैरिरहेको अवस्थामा देखेपछि हामीलाई खवर गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए। अहिले खोरियाटोल शाेकमा डुबेकाे छ।
तत्काल पुगेका प्रहरीले आवश्यक प्रकृया पुरागरी शव पोष्टमार्टमको लागि प्रादेशीक अस्पताल सिरहा लगिएको छ।
यस क्षेत्रमा स्थानीय ग्राभेल माफियाहरुले जथाभावी ग्राभेल उत्खनन् गर्दा बनेको खाण्डोमा जमेको पानीमा डुवेर वर्षेनी बाल बालिकाको मृत्यु हुने गरेको छ।
Discussion about this post