गाेलबजारमा जेष्ठ नागरिकलाई झुल बितरण

Picture of हरियो पाटी

हरियो पाटी

575
SHARES
787
VIEWS

जेठ ३१ सिरहा – सिरहाकाे गाेलबजार नगरपालिकाकाे वडा नम्बर ८ मा जेष्ठ नागरिकहरुलाई झुल बितरण गरिएको छ। जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत वडाका ७५ बर्ष माथिका दुई सय ८५ जनालाई झुल बितरण गरिएको वडा नम्बर ८ का वडा सचिव कमल सिहले जानकारी दिनुभएकाे छ।

वडाकाे आर्थिक बर्ष २०८०/८१ काे वजेट अन्तरगत ३ लाख रुपैयाँको बजेटमा वडाका ७५ बर्ष माथिका जेष्ठ नागरिकलाई वडा कार्यालययमा एक कार्यक्रमका बिच सम्मान स्वरुप झुल बितरण गरिएको बताउदै वडा अध्यक्ष      देव नारायण महतोले गर्मीमा झुल जेष्ठ नागरिकका लागी प्रभावकारी हुने बताउनुभयो ।

वडा अध्यक्षकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाेलबजार नगरपालिका स्थानीय भद्रभलाद्मी र स्थानीय बासीको उपस्थित रहेको थियाे । वडा सरकारले सम्मान गर्दा जेष्ठ नागरिक खुसि भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित