जसपा नेपालको महाधिवेशनमा राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरू

Picture of हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

जेठ २९ जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन अन्तर्गतको बन्द सत्रमा समूहगत छलफल सुरू भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरूलाई विभिन्न दसवटा समूहमा विभाजन गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

प्रत्येक समूहबाट टोली नेता चयन हुने र टोली नेताले प्रतिवेदनमाथि आ–आफ्नो समूहमा उठेका विचार र निष्कर्ष प्रस्तुत गर्ने उनले बताए। प्रत्येक समूहमा १२० प्रतिनिधि रहनेछन्।जसपा, नेपालको महाधिवेशनमा कूल १ हजार ३०० प्रतिनिधि छन्।

जसपा नेपालको महाधिवेशनबाट नेतृत्व चयनका लागि बुधबारदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ।महाधिवेशनले २०१ सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित गर्नेछ। जसमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५ जना निर्वाचित हुनेछन्।

त्यस्तै महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना चुनिनेछन्।यसअघि विधान अधिवेशनले १७ सदस्यीय पदाधिकारी बनाउने निर्णय गरे पनि विधानमा पुनः संशोधन गरेर पदाधिकारी संख्या बढाउन लागिएको बस्नेतले बताए।२०६३ सालमा मधेशी जनअधिकार फोरमले राजनीतिक दलको रूप लिएसँगै २०६५ सालमा वीरगञ्जमा पहिलो महाधिवेशन भएको थियो।

त्यसयता १६ वर्षपछि एकता महाधिवेशन हुन लागेको हो। अध्यक्षमा उपेन्द्र यादव नै दोहोरिने सम्भावना रहेको एक प्रतिनिधिले बताए। बाँकी पदमा प्रतिस्पर्धाको सम्भावना रहेको ती नेताको भनाइ छ।

महाधिवेशनको मुखैमा जसपा नेपाल विभाजन भएको थियो। संघीय परिषद अध्यक्ष अशोक राईले सात प्रतिनिधि सभा सांसद लिएर नयाँ पार्टी गठन गरी सरकारमा सामेल भएका थिए।

जसपा नेपालबाट विभाजन भई बनेको जनता समाजवादीलाई निर्वाचन आयोगले वैधता दिएको भन्दै जसपा नेपालका अध्यक्ष यादव सर्वोच्च अदालत पुगेका थिए। अदालतले यो मुद्दामा संवैधानिक इजलासमा पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित