लोकसभा निर्वाचनका कारण सीमानाका आठ दिनसम्म बन्द हुने

हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा निर्वाचनका कारण सीमानाका आठ दिनसम्म बन्द रहने भएको छ। बिहार राज्यको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा हुन लागेको लोकसभा निर्वाचन सुरक्षालाई मध्यनजरगर्दै नेपाल–भारत सीमानाका आठ दिन बन्द हुने भएको हो।

जिल्ला प्रशासन कार्यालय सिराहाले शनिबार सार्वजनिक सूचना जारी गर्दै पहिलो चरणको २५ वैशाखमा हुने निर्वाचनका लागि शनिबार (२२ वैशाख)को मध्यरातदेखि २५ वैशाखको मध्यरातसम्म नेपाल–भारत सीमानाका बन्द रहने जनाएको छ।

सूचनाअनुसार दोस्रो चरणअन्तर्गत ७ जेठमा हुने निर्वाचनका लागि ४ जेठको मध्यरातदेखि ७ जेठको मध्यरातसम्म सीमानाका बन्द रहनेछ।

करिब दुई महिनाअघि भारत बिहारको मधुवनीमा सम्पन्न नेपाल भारतका सुरक्षा अधिकारीहरूको बैठकको निर्णयअनुसार भारतसँग सीमा जोडिएका सिरहाको ठाढी, बरियारपट्टी र मार्डर नाका बन्द गरिने सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले सूजना जारीगरी गरेका छ।

बिहार मधुवनीस्थित जिल्ला मजिस्ट्रेट, कलक्टर कार्यालय ११ अप्रिल २०२४ को पत्रमार्फत दुई चरणमा हुने निर्वाचनको ७२ घण्टाअगावैदेखि सीमानाका बन्द गरिदिन अनुरोध आएकाले सोहीबमोजिम १२ वैशाखको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सीमानाका बन्द गर्न लागिएको उनले बताए।

440408097_2192641811074081_2036046994209943081_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1