सिरहा, २२ चैत । सिरहा सातौं गोलबाजर मेयर गोल्डकप २०८० को उपाधी चात्या सा फूटबल क्लव, झापाले उचालेको छ । गुरुधाम फूटबल क्लव, सिरहा र चात्या सा फूटबल क्लव, झापा बीच भएको फाईनल खेलमा १ को विरुद्ध ४ गोल गर्दै झापा उपाधी हातपार्न सफल भएको हो ।
चात्या सा फूटबल क्लव, झापाको लागि जर्सी नम्वर ११ का खेलाडी जय गुरु जर्सी नम्वर ८ का पारश कार्की, ३ का रोशन धिमाल र जर्सी नम्वर ९ का शिशिर लेखीले १–१ गोल गरेर जित हात पारेको आयोजकले बताएको छ ।
प्रतियोगितामा प्रथम भएका टिम झालाले तीन लाख ५१ हजारद सहित ट्रफि प्राप्त गरेका छन् । प्रथम हुने टिमलाई पूर्वमन्त्रीसमेत रहेका प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठले प्रदान गरेका छन ।
प्रतियोगितामा दोस्रो हुने टिम गुरुधामले दुई लाख एक हजार नगदसहित ट्रफि प्राप्त गरे ।फाईनल खेलमा गुरुधाम फुटबल कल्व, सिरहाका तर्फबाट जर्सी नम्वर १५ का खेलाडी यनीले १ गोलमात्र गरेका थिए ।
आजको खेलको म्यान अफ दी म्याज भापाका पारश कार्की घोषित भएका छन ।
प्रतियोगिता, अवधिभरका वेष्ट गोलकिपर झापाका अनिश लिम्बु, वेष्ट डिफेन्डर ४ नम्वर जर्सीका खेलाडी गौरब श्रेष्ठ, मिड फिल्डर ९ नम्वर जर्सीका शिशिर लेखि र फरवार्ड जर्सी नम्वर ११ का खेलाडी जय गुरुङ्ग घोषित भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अवधिभरका सर्वोत्कृष्ट खेलाडी गुरुधामका कुलदीप कार्की घोषित भए भने सवैभन्दा धेरै गोलकर्ता यानि घेषित भए । प्रतियोगितामा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ, उपप्रमुख मानती साह लगायतका उपस्थिति रहेको थियो । राताेपाटी
Discussion about this post