गोलबाजर मेयर गोल्डकपको फाइनलमा सिरहा र झापा खेल्ने

हरियो पाटी

हरियो पाटी

571
SHARES
782
VIEWS

सिरहा, २० चैत। सातौं गोलबाजर मेयर गोल्डकप २०८० को फाइनलमा गुरुधाम फूट बल क्लव, सिरहा र चात्या सा फूटबल क्लव, झापा बीच भिडन्त हुने भएको छ।

गुरुधाम फुटबल कल्व, सिरहा र मुनाल फुटवल कल्व, बिराटनगर बिच मंगलबार भएको सेमी फाईनल खेलमा १ को विरुछ ५ गोल गर्दै गुरुधाम फाईन खेलमा प्रवेश गरेको हो।

गुरुधाम फुटबल कल्वका तर्फबाट जर्सी नम्वर १५ का खेलाडी यनीले २, गाेल र जर्सी नम्बर ७ काखेलाडी फोडे फूफानोले २ गोल गरेका थिए भने, जर्सी नम्वर १७ का खेलाडी अनिल खड्का १ गोल गरेको फूटवल संघका जिल्ला सदस्य दिनेश श्रेष्ठले जानकारी दिए।

आजको खेलको म्यान अफ द म्याच उत्कृष्ट खेल प्रदर्शन गरेको कुलदिप कार्की घोषित भएका छन्। उनलाई वडा नम्वर २ का वडा अध्यक्ष सुकदेव सिंहले नगद सहित प्रशंसापत्र प्रदान गरे।

मुनाल फुटबल कल्ब, बिराटनगरका तर्फबाट भने जर्सी नम्वर १० का खेलाडी भुवन बस्नेतले मात्र १ गोल गरे।

भोलि बुधबारको भने एक दिवसिय मैत्रीपूर्ण महिला फूटवल प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ। एक दिवसिय मैत्रीपूर्ण महिला फूटवल प्रतियोगितामा रौतहट महिला फुटबल कल्व र सर्लाही फुटबल कल्व एकेडेमी, बीच हुने छ।

प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख ५१ हजार र दोस्रो हुने टिमले दुई लाख एक हजार नगदसहित ट्रफि प्राप्त गर्ने छन्। प्रतियोगिताको फाईनल खेल २२ गते हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1