दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु

हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

दाङ । दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–३ मसुरियामा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा शनिबार एकै घरका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरीले दाङले जनाएको छ।

दुर्घटनामा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको  छ। मृत्यु हुनेमा एकै घरका हजुरबुबादेखि नातिसम्म रहेका छन्। ५५ वर्षीय दिलसरा केसी र  ४ वर्षीय नाति ईश्वर केसीको घटनास्थलमा मृत्यु भएको छ भने  ६० वर्षीय हजुरबुवा गोरखबहादुर केसीको बुटवलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले जानकारी दिए।

हजुरआमा र नातिको घरको आँगनमा उभिएको अवस्थामा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । नातिलाई करेन्टबाट छुटाउने क्रममा हजुर आमालाई करेन्ट लागेको, नाति र श्रीमतीलाई करेन्टबाट छुटाउने क्रममा ६० वर्षीय केसीलाई पनि करेन्ट लागेको स्थानीयले बताएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1