सिरहा फाल्गुन ४ सिरहाको गोलबजार नगरपालिका वडा नंं ४ का कार्यपालिका सदस्य तथा जसपाका युवा नेता हीरा यादवसहित ७ जनाले श्री जनता मा.वि.( प्राविधिक ) गोलबजारका प्रधानाध्यापक भरत साह विरुद्ध उजुरीसहितको ज्ञापन पत्र बुझाइएको छ ।
ज्ञापन पत्रमा २०७४ सालदेखि हालसम्मको पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृति, बुक कर्नर , र पुस्तकालयको आय व्यय सार्वजनिक नगरेको आरोप लगाइएको छ । त्यसैगरी विद्यालय व्यवस्थापन समिति गठन गर्नआनाकानी गरेको , २०७७ सालमा जय गोविन्द साह पोलि टेक्निकल इन्सिटिच्युटलाई घर भाडा दिए वापतको सम्झौता पत्र र आय व्यय पारदर्शी नगरेको तथा विद्यालयको जग्गामा पोखरी खन्ने नाममा माटो बिक्री गरी अपचलन गरेको आरोप लगाइएको छ ।
ज्ञापन पत्रमा उमेर हद पार गरेका र सेवा निवृत भएका कार्यालय सहयोगीलाई आर्थिक प्रलोभनका आधारमा पुन सेवामा नियुक्त गरेको र लेखापाललाई नियम विपरीत अधिक तलव दिएको आरोप लगाउँदै प्रधानाध्यापक साहलाई निलम्वन गरी कारवाही प्रकृया अघि बढाउन माग गरिएको छ ।
ज्ञापन पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय सिरहा , अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास , शिक्षा निर्देशनालय जनकपुर , गोलबजार नगरपालिका तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरवारलाई ज्ञापन पत्र बुझाइएको छ ।
Discussion about this post