लहानकाे लिलामदन हस्पिटल अनिश्चित कालको लागि बन्द

हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

लहान, २२ मघ। सिरहाको लहान १ स्थित लिलामदन हस्पिटल एण्ड प्रसृति गृहको सम्पूर्ण सेवा अनिश्चित कालको लागि बन्द गरिएको छ। अस्पताल सञ्चालनको लागि आवश्यक मापदण्ड भन्दै तत्कालको लागि अर्को व्यवस्था नहुँदा सम्मको लागि लहान नगरपनलिकाले बन्द गरिएको हो।

नगरपालिकाले अस्पताल सञ्चालन अनुमति पत्र लगायतका कागजात सहित २४ घण्डाभित्र उपस्थित हुन पत्राचार गरेका थिए। नगरले पत्रसाथ उपस्थित हुन भनेपनि अस्पताल सञ्चालकका तर्फबाट चिकित्सक दिलिप कुमार साह आफै उपस्थित भई हाललाई सवै स्वास्थ्य सेवाहरु बन्द गरिने बताएको लहान नगरपालिकाले जनाएको छ।

पालिकाले माँग गरेबमोजिमको कागजात समेत पछि पेश गर्ने व्यहोरा सहितको निवेदन चिकित्सक साहले पेश गरेको नगरपालिकाले जनाएको छ।

पालिकाबाट गएको अनुगमनमा समेत अस्पताल सञ्चालनकोलागि आवश्यक मापदण्ड समेत अपुग देखिएकोले हाललाई अर्को व्यवस्था नभएसम्मका लागि अस्पतालको सम्पूर्ण सेवा बन्द रहने नगरपालिकाले जनाएको छ।

अस्पतालमा पटक पटक विवादित गतिविधि भएकाले नगरपालिकाले अस्पतालसँग कागजात माँग गरेको थियो। अस्पतालले कागजात पछि बुझाउने भन्दै तत्काल सेवा बन्द गर्ने निवेदन नगपालिकामा पेश गरेको बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित