आयोगले प्रहरी उपरीक्षकहरू योगेश्वर रोमखानी, रामकुमार खनाल, नारायणकुमार आचार्य, उमाप्रसाद चतुर्वेदीलाई कारबाही सिफारिस गरेको छ । त्यस्तै प्रहरी नायब उपरीक्षकहरू कामाख्या नारायण सिंह, नारायणप्रसाद चिमोरिया, टेकुनन्द इवा लिम्बु, हनुमान शाहलाई पनि कारबाहीको सिफारिस गरिएको छ ।
यस्तै प्रहरी निरीक्षकहरू गोविन्दप्रसाद साह, महेन्द्र दर्नाल, दीपेन्द्र श्रेष्ठ, दुर्गालाल चौधरी, कमलप्रसाद गिरीलाई पनि कारबाहीको सिफारिस भएको छ । प्रहरी सहायक निरीक्षकहरू नवराज दाहाल, ऋषि खनाल, राजनप्रसाद नेपाल, खड्गबहादुर कार्की, दिनेश अधिकारी, महावीर राज धावे, बासुदेव चौधरीलाई पनि कारबाहीको सिफारिस भएको छ ।
त्यस्तै प्रहरी नायब निरीक्षकहरू रामकुमार यादव, श्याम राउत, धर्मेन्द्र कुमार सिह, चक्र बस्नेत तथा प्रहरी हवल्दारहरू भुवनसिंह कार्की, युवराज बस्नेत, हर्कबहादुर थपा, केदार अधिकारी र दलबहादुर कार्की पनि कारबाहीको सिफारिसमा परेका छन् । त्यस्तै प्रहरी जवानहरू विनोदकुमार ठाकुर, टार्जन गुरुङ र निलम संग्रौलालाई पनि आयोगले कारबाहीको सिफारिस गरेको छ ।
त्यस्तै सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश ओझालाई पनि कारबाहीको सिफारिस भएको छ ।
नेपाली सेनाका सेनानी कृष्णमुरारी न्यौपाने (गुल्मपति), सेनानी सुरत रावल (युद्धकार्य अधिकृत), सहसेनानी चक्रबहादुर कार्की र क्याप्टेन दिनेश थापालाई पनि आयोगले कारबाहीको सिफारिस गरेको छ । कारबाहीको सिफारिसमा पर्नेमा राष्ट्रिय अनुसन्धानका निरीक्षक लिलाधर पौडेलको नाम पनि समावेश छ ।
त्यस्तै निजामती कर्मचारीतर्फ प्रमुख जिल्ला अधिकारीहरू माधवप्रसाद ओझा, शालिग्राम शर्मा पौड्याल, दीपककुमार पहाडी, सरोजप्रसाद गुरागाईं, रमा आचार्य, शिवप्रसाद नेपाल पनि कारबाहीको सिफारिसमा परेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम अधिकारी, कारागार विभागका विभागीय प्रमुख द्रोण पोखरेल, बाँके कारागार प्रमुख देवेन्द्रप्रसाद श्रेष्ठ, रोल्पा कारागार प्रमुख कमला घिमिरे, निमित्त कारागार प्रमुख यामलाल ओली र नासु दिपेन्द्रप्रसाद पौडेल पनि कारबाहीको सिफारिसमा परेका छन् ।
तत्कालीन माओवादी नेताहरू खण्टे कामी, श्रवणकुमार यादव, रामअवतार महतो, रामविलास यादव, हृदय यादव, प्रभु साह, एसपी किराँती, हरिप्राद दाहाल अर्चन भन्ने मनप्रसाद गौतम र नन्कु बेहनालाई पनि आयोगले कारबाहीको सिफारिस गरेको छ ।
सिफारिस गरिएका ६६ जनामध्ये ६ जनाको हकमा कारबाहीको जानकारी प्राप्त भकोले नाम सार्वजनिक नगरिएको पनि आयोगले जानकारी दिएको छ ।
Discussion about this post