सिरहा, १३ माघ। मिर्चैयामा घर भत्काइएपछि आक्रोसित स्थानीयले र्दुइ घण्टाभन्दाबढी समय चक्का जाम गरेका छन्। प्रहरीसँगको सेटिङ्गमो मिर्चैया नगरपालिका ६ का राजेशप्रसाद सिंहको घर मिर्चैया नगरपालिका ५ का राजदेव कापरीसहितको समूहले भत्काएको भन्दै आक्रोसित स्थानीयले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको मिर्चैयामा सडक जाम गरेका हुन्।
इलाका प्रहरी कार्यालय मिर्चैयादेखि पाँचसय मिटरको दुरीमा घरभत्काउँदा समेत प्रहरी मुकदर्शक बनेको भन्दै पीडितपरिवार र आक्रोसित स्थानीयहरूले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका थिए।
सिंहले जेसीबीसहित ३०÷४० जनाको समूहमा आएका कापरले आफूहरुलाई कुटपीट गर्दा र घरभत्काको घटना जानकारी गराएको एक घण्टा पछि पुग्नुले प्रहरीको मिलेमत्तो रहेको आरोप लगाए। उनले भने, ‘विहानी पख जेसीबीसहित आएका समूहले घर भत्काउन थालेपछि के भएछ भनी घरबाट निस्कदैगर्दा कुटपीट गरे। म ज्यान जोगाउँदै प्रहरीको पुगेपनि प्रहरी एक घण्टाभन्दा बढीसमयपछिमात्र कार्यालयबाट निस्के। घटनास्थल पुगेरपनि प्रहरीले रोकथाम गरेन।’
घटनास्थल पुगेका प्रहरीको व्यवहारले प्रहरीसँगको मिलेमत्तोमै घटना भएको सिंहले आरोप लगााए। उनले भने, ‘म गेटैमा पुगेर खवरगर्दा पनि एक घण्टा लगायो। घटनास्थल पुगेर पनि प्रहरीले कसैलाई रोकेन। यो सवै सेटिङ्गमा भएको हो।’
यो जग्गाको विषयमा अदालतमा मुद्दा चल्दै आएको छ। सोही विषयमा नापजाँचका लागि शनिबार जिल्ला अदालत सिरहाबाट जग्गामा अमिन आउने भनिएको थियो।
तर, बिहान ३ बजे नै सबै सुतिरहेको अवस्थामा राजदेवले गुण्डाशैलिका मानिसहरु ल्याएर घर भत्काइदिएको पीडित परिवारको आरोप छ। घटनामा संलग्नहरुलाई कार्वाही र क्षतिपूर्तीको माँग राखि स्थानीयले चक्का जाम गरेको बताए।
Discussion about this post